logo
  • सोमबार, असोज १२ २०८३

तीन करोड नेपालीलाई झुक्याइयो,जुनसुकै बेला अनशन बस्नसक्छु : डा.केसी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३


काठमाडौं असोज १२। चिकित्सा शिक्षा विधेयक संसदबाट पास नभएको भन्दै डा. गोविन्द केसीले जुनसुकै बेला आमरण अनशन बस्ने चेतावनी दिएका छन् । आज (शुक्रबार) त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो चेतावनी दिएका हुन् ।
“संसदको यही अधिवेशनबाट विधेयक पास हुन सक्थ्यो तर भएन । त्यसकारण म जुनसुकै बेला बिना सूचना सोह्रौं अनशन बस्न सक्छु । विधेयक पास नभएसम्म जतिपटक पनि अनशन बस्न तयार छु,” केसीले भने ।
विहीबार अन्त्य भएको संघीय संसदको दोस्रो अधिवेशनमा यसअघिको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पेश नगरिएकोमा उनले असन्तोष प्रकट गरे । उनले गएको बुधबारमात्रै वक्तव्य जारी गरेर सो विधेयक चालु अधिवेशनमै पास नभए १६ औं अनशन बस्ने चेतावनी दिएका थिए ।

संघीय संसद्को दोस्रो अधिवेशन विहीबार राति १२ बजेदेखि समापन भएको छ । चासोका रुपमा हेरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले प्रा डा केसीको अनशन तोडाउने क्रममा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को दोस्रो अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो ।
पत्रकार सम्मेलनमा केसीले सरकारले स्वास्थ्यलार्इ नाफामुखी बनाएको अरोप लगाउँदै तीन करोड नेपालीलार्इ झुक्याएको बताए । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विधेयक पास हुनबाट रोक्न राजनीति गरेको भन्दै केसीले राजीनामा माग गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend