साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज १२ ।
नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ गृहजिल्ला गुल्मी आउने भएका छन् । थापासँग शशस्त्र प्रलका आइजिपी शैलेन्द्र खनालस, श्रीमती नैनाकला थापा, प्रेस सल्लाहकार सुर्य सुवेदी, स्वकिय सचिव पनि गुल्मी आउने कार्यक्रम छ ।
तम्घासमा शुक्रबारदेखी चल्ने स्वास्थ्य शिविरको अवलोकन तथा निरिक्षण र त्यसबारे जानकारी गृहमन्त्रीले लिनेछन् । त्यस्तै जन्मथलो मुसिकोट बडागाउँ जाने र त्यसपछि तम्घासमा जिल्लाको शान्ति सुरक्षाको स्थितिका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको नेकपा गुल्मीका प्रस्तावित सचिव बुद्धि जिसिले जानकारी दिए ।
जिल्ला सदरमुकाम तम्घासको महेन्द्र नमुना माध्यमिक विद्यालयमा शुक्रबारदेखि निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । शिविरमा मुटु, गाइने लगायतका धेरै रोगको उपचार गरिने र सोहि शिविरको गृहमन्त्री थापाले निशिक्षण गर्ने सँस्थाका कोषाध्यक्ष तारा भुसालले जानकारी दिए ।
मुसिकोट नगरपालिका वडा नम्बर ४ साविकको वडागाउँ वडा नम्बर २ तल्लो दर्जाकोट गृहमन्त्री थापाको जन्मथलो हो । मुसिकोट नगरपालिकामा जन्मथलो भएको ब्यक्ति राजनीतिक हिसाबमा सबैभन्दा उच्च ओहोदामा पुग्ने बादल पहिलो ब्यक्ति हुन् ।
मुसिकोटमा उनलाई नागरिकको तर्फबाट नागरिक अभिनन्दन गरिने भएको छ । त्यसपछि गृहमन्त्रीले त्यहाँ भएका आफन्त भेट्ने र दर्जाकोटका अगालागि पीडितको अवस्थाका बारमा पनि जानकारी लिने कार्यक्रम रहेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
दर्जाकोटमा अगालागि भएका कुल ५७ घरमध्ये ३० घर पूर्णरुपमा बनिसकेका छन् । भने बाँकि २७ घर यो बर्षभरीमा बनिसक्ने नगरपालिकाले जनाएको छ ।
मुसिकोट नगरपालिकामा हालसम्म पनि इलाका प्रहरी कार्यालय छैन । यसै कुरालाई मध्यनजर राख्दै नगरपालिकाको तर्फबाट गृहमन्त्रीसमक्ष इलाका प्रहरी चौकिको माग गर्ने नगरप्रमुख सापकोटाले जानकारी दिए ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् रामबहादुर थापा ’वादल’ माओवादी सचिवालय सदस्य एवं माओवादीमा सैन्य कौशलका सबैभन्दा प्रख्यात ब्यक्ति हुन् ।
५३ वर्षीय वादल भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा हुन् । थापा इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए । नेपालबाट आइएस्सी एजी गरेर थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर आए र लगत्तै भूमिगत राजनीतिमा होमिए ।
०३७ देखि राजनीतिमा होमिएका थापा ०६३ साल सम्म भूमिगत रहे । माओवादी सरकार वार्ता टोलीको सदस्यको रूपमा दोस्रो वार्तामा उनी सार्वजनिक भएका हुन् । गृहमन्त्री थापा जनयुद्धको तयारीको क्रममा रोल्पामा लामो समयसम्म मात्र बसेनन्, जनयुद्ध थालनीका समयमा त्यसलाई नेतृत्व पनि प्रदान गरे ।
रोल्पा, रुकुम, पूर्वी नेपाल, पश्चिम नेपाल लगायतका क्षेत्रमा तत्कालिन समयमा उनी धेरै खटेका नेता थिए । पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुन: पोलिटब्युरोमा पुग्ने उनी पार्टीका एकमात्र नेता भएको पूर्व माओवादी स्रोतले जानकारी दिएको छ ।
जन्मथलो गुल्मी भएपनि उनको स्थायी घर भने भरतपुर महानगरपालिका १० नारायणटारमा छ । उहाँका १ छोरा र १ छोरी छन् । श्रीमती नैनकला महिला आयोगकी अध्यक्ष हुन् ।
नैनाकला नेपालको राजनीतिक इतिहासमा मगर जातिबाट मुलुकको सबैभन्दा ठूलो दलको मुख्य नेतृत्वमा पुग्ने पहिलो मगर नेता भएको स्रोतले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend