साझा नेटवर्क
ए बलात्कारीहरू हो
प्रश्न गर्न मन छ तिमिहरू संग
को हौ र के हौ ?
चिरेर हेर्न मन छ हृदय
आखिर के रहेछ त्यहाँ ?
कहाँ बाट आउदो रहेछ यति धेरै कठोरता !
मान्छेले मान्छे निल्न सक्ने शक्ति !
कसरी नदेख्न सक्छौ
कठै ती अबोधहरूको चीत्कार
रोइ कराइ र चिच्याइहरू !
मलाइ नियाल्न मन छ
कसरी निमोठ्न सक्छौ
आफ्नो उत्तेजनामा
ती कलिला बाल फूलहरू !
ए बलात्कारीहरू हो !
मलाइ परिक्षण गर्न मन छ
तिमिहरूको स्वरुप पनि !
मान्छेको आकृतिमा कसरी आयो
यति धेरै दानव प्रवृती ?
कसरी आयो यो क्रूरता ?
अँह तिमिहरू त मान्छे हुनै सक्दैनौ
मान्छेको अस्तित्व कलंकित होस् बरु
त्यो भन्दा पहिले आफूलाइ
राक्षस घोषणा गर
र आफुबाट मुक्त पारिदेउ मानवता ।
संगीता अन्जुली
गुल्मी
हाल : बुटवल
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend