logo
  • शनिबार, भाद्र २० २०८३

गजल : पाको छैन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

 

धेरै भयो गाउँ घर तिर रमाउँन पाको छैन
ति दौतरी साथि माँझ भेट जमाउन पाको छैन ।।

पन्ध्रौं वर्ष बितेछ प्रदेश हिड्न थालेको नि
खै काहाँ चुके मनग्ये धन कमाउन पाको छैन ।।

सधैं भरि ऋण तिर्दैमा ठिक्कै छ कमाइ भरि
दुई चार पैसा तिम्रो हातमा थमाउन पाको छैन ।।

बिछोडको पिडा सहेर बाँचिरहेका छौ सधैं
मायाले कहिल्यै तिम्रो गाला समाउन पाको छैन ।।


Süräj brøes
अर्खले, गुल्मी
हाल : विरानो मुलुक 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend