logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क संवाददाता

अर्घाखाँची असोज ११ गते । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ माझापोखरी भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ७ बजे तिर लु ४ त १२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धारापानीका बिष्णु प्रसाद भुसालका २१ बर्षिय छोरा हुमा भुसालको मृत्यु भएको हो ।

तेल भोर्न जाने क्रममा ओरालो बाटो भएको कारण गाडी दुर्घटना भएको बुझिएको छ भने , मृतक भुसालको शवलाइ अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टमको लागि राखिएको छ भने,ट्याक्टर चालक बसन्त बि.क लाइ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend