logo
  • शनिबार, साउन ३० २०८३

“तिमीले रोजे जस्तो म नहुन सक्छु” भन्दै आए गायक विश्व


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलु शर्मा पौडेल, “तिलुबाबा”  कतार ।
नपाली संगीतिक बजारमा दिनानुदिन नयाँ नयाँ भिडियोहरु बजारमा थपिने क्रम बढ्दो रहेको छ । यही बढ्ने क्रममा एउटा नयाँ इँटा स्वरूप अर्को भिडियो पनि थपिन आएको छ ।
जिन्दगी, मायाँ प्रेम, समझदारीमा चल्न के कसो गर्न सकिन्छ भन्ने गहिरो भाब बोकेर लक्ष्मण कार्कीले कोरेका सब्दको भिडियो थपिएको हो । “तिमीले सोचे जस्तो म नहुन पनि सक्छु तिमीले रोजे जस्तो म नहुन पनि सक्छु, तिमि पनि छैनौ होला जस्तो म देख्छु” जस्ता मर्म स्पर्शी सब्दलाई संगितमा उतार्ने काम पछिल्लो समयका व्यस्त भर्सटायल सङ्गीतकार श्री कृष्ण बम मल्लले गरेका छन ।

म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट डिजिटल बजारमा ल्याइएको भिडियोमा जेसी राज, प्रमिला,मुस्कान र निलिमाले अभिनय गरेका छन भने प्रविन भण्डारीले निर्देशन गरेको भिडियो छायांकन नारायण आचार्याले गरेका हुने भने सम्पादन टेकेन्द्र शाहले गरेका छन ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend