logo
  • सोमबार, असोज १२ २०८३

कञ्चनपुरका निलम्बित एसपी बिष्ट जेल पनि जान सक्छन् : आईजीपी खनाल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३


काठमाडौं असोज १०– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान भइरहेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गरेका कारण विष्टमाथि छानविन भइरहेको बताएका हुन् ।

समितिको बैठकमा सांसद विजय सुब्बाले विष्टलाई बर्खास्त नगरी किन निलम्बन मात्र गरेको भन्ने प्रश्नमा प्रहरी प्रमुख खनालले अनुसन्धानपछि उनलाई पदमात्र हटाउने मात्र नभई जेल सजायसम्म पनि हुनसक्ने उल्लेख गरे ।

उनले भने– ‘अहिले विष्टमाथि अनुसन्धान जारी छ, अनुसन्धानपछि भेटिएका तथ्यहरुका अनुसार जागिर खाइदिने मात्रै हैन जेलभित्र हाल्ने समय पनि छ ।’ उनले घटनामा दोषी देखिएकाहरुलाई निलम्बन गरिएको बताउँदै अनुसन्धानसम्म कुर्न पनि आग्रह गरे ।

उनले प्रहरीभित्र कुनैखाले भष्ट्राचारलाई छुट नदिएको बताउँदै भ्रष्टाचारमा संलग्नलाई पनि छुट नदिने उल्लेख गरे । उनले प्रहरीले ९० प्रतिशत घटनाका अपराधी पक्राउ गर्न सफल रहेको बताउँदै निर्मलाको घटनामा पनि निराश नहुन आग्रह गर्दै यर्थाथ पत्ता लगाएरै छाड्ने दावी गरे ।

उनले भने– ‘यो केशमा प्रहरीले म्यानुअल्ली इन्भेष्टिगेशन गरिरहेको छ, टेक्नोलोजिकल्ली इन्भेटिगेशन गर्न कठिन भइरहेको छ । यो केश जसरी पनि प्रहरीले पत्ता लगाएरै छोड्छ, निराश नहुन मेरो आग्रह छ ।’ रातोपति

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend