logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा राधा माधव समितिको आफ्नै भवन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असोज १० ।
गुल्मीमा राधा माधव समितिको आफ्नै भवन उद्घाटन भएको छ । जिल्लाको सदरमुकाम तम्घास स्थित राधा माधव समितिको नव निर्मित सतसंघ भवनको बुधवार एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो । भवनको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल र राधा माधव समिति नेपालकी केन्द्रिय अध्यक्ष आदरणिय संगिता दिदिले उद्घाटन् गरेका हुन् । नव निर्मित भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले स्थापनाको छोटो समयमै समितिले भवन निर्माण गरेकोमा खुसि व्यक्त गरे ।

उनले समितिले निर्माण गरेको भवनले धर्म अनुरागी मनहरुको निम्ती अत्यन्तै सुखीको कुरा रहेको बताए । नव निर्मित भवनबाट साधना गर्नेहरु धर्म प्रेमीहरुलाई सुखद पक्ष रहेको बताए ।

गुल्मीमा २०७६ सालमा स्थानपना भएको समितिमा कुन २ सय ५१ जान सदस्यहरु समितिमा आबद्ध रहेको राधा माधव समिति गुल्मीका संचिवालय संयोजक ताराप्रसाद भुसालले बताए । भवन कुल १ करोड २७ लाख लागतमा निर्माण सम्पन्न भएको संयोजक भुसालले बताए ।

भवन निर्माण गर्न स्थानिय बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा निर्माण गरिएको हो । गुल्मीमा प्रत्येक शनिवार समितिमा आबद्ध सदस्यहरुले जम्मा भएर सतसंग गर्ने गर्दछन् । नेपालका बिभिन्न ५४ स्थानमा राधा माधव समितिका शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend