साझा नेटवर्क
साझा नेटवर्क , बुटवल असोज १० ।
रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ ।
गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवादले उग्र रुप लिए पछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको बताइएको छ।
झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने झडपका क्रममा केही गाउँले घाइते भएका बताए । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् । घटनास्थल रौतहट सदरमुकाम गौरबाट २२ किलोमिटर उत्तरमा पर्छ । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend