logo
  • सोमबार, असोज १२ २०८३

चक्लेट लिएर बिद्यार्थी र जनप्रतिनिधी पढाउन सशस्त्र प्रहरी गाउँमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री , गुल्मी असोज १० ।
गुल्मीमा सशस्त्र प्रहरीले बिद्यार्थी र जनप्रतिनिधी पढाउन गाउँ केन्द्रित भएको छ । जिल्लाको सदरमुकाम तम्घासबाट सुरु गरिएको लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मलुक कार्यक्रम गाउँ केन्द्रि भएको छ ।सशस्त्र प्रहरीले बिद्यार्थीलाई मात्रै प्रर्शिक्षण गर्दै आएपनि गाउँ पुगेर जनप्रनिधिी र कर्मचारीलाई समेत जनचेतना मुलक कार्यक्रम राखेको छ । बुधवार सोहि कार्यक्रमको शिलसिलामा मुसिकोट नगर पालिकाको वामीमा पुगेका सशस्त्र प्रहरी वल गुल्मका गुल्मपति डिएसपी निदेश रायमाझी र सशस्त्र प्रहरी निरिक्षक देवराज मल्लले बिद्यार्थीसँगै जनप्रतिनिधीलाई पनि बिपद व्यवस्थापन सम्बन्धी जनचेतना मुलक प्रस्तुति राखिएको हो ।मुसिकोट नगरका जनप्रतिनिधी र कर्मचारीलाई दिइएको बिपद व्यवस्थापन सम्बन्धी प्रशिक्षणमा बिपदको रोकथाम गर्न निर्माण गरिने बिकासको रणनितिमा जोड दिइएको थियो । बिपद आउन भन्दा पहिले बिपदको असरको न्यूनिकरण गर्नका लागि चालिने कदमहरु दिर्घकालिन बिकासका योजनाहरु जोडेर लैजादा उपयुक्त हुन्छ भन्ने बिषयमा जोड दिइएको थियो ।सशस्त्र प्रहरीको जनप्रतिनिधी सहितको कार्यक्रममा बिपदको न्यूनिकरणको लागि चालिने कदमहरु र बिकासका योजनाहरु सँगैसँघै लादा उपयुक्त हुन्छ भन्ने बारेमा जनचेतना मुलक प्रस्तुति राखेका थिए । बिकासका योजनाहरु बनाउदा विपदलाई रोकथाम गर्न पूर्व तयारी स्वरुप जोडेर बिकासका कामहरु गर्न सकिनेबारे जानकारी गराइएको थियो ।प्रर्शिक्षणमा नगरबाट गरिने बिकासका कामहरुमा बपदलाई ख्याल राखेर कामहरु गरिने ठूला बिपदका घटनाहरु आइलाग्नबाट बच्न सकिने जस्ता बारेमा जनचेतना मुलक प्रर्शिक्षण राखिएको थियो । गाउँ नगरबाट गरिने बिकासका कामहरुमा बिपदहरु बारे पूर्व तयारी पूर्व जानकारी नराखि कामहरु गर्दा ठूला बिपदका समस्याहरु आइलागेकाले जनप्रतिनिधीलाई पनि यस्ता कार्यक्रमहरु राखिएको सशस्त्र प्रहरी वल गुल्मका गुल्मपति डिएसपी निदेश रायमाझीले बताए ।जनप्रतिनिधीलाई राखिएको बिपद व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रमले प्रभावकारीता बारे ध्यान केन्द्रि गरेको जनप्रतिनिधीहरुको तर्क थियो । उनिहरुले आगामी दिनहरुमा नगर वडाहरुबाट गरिने बिकासका योजनाहरुमा बिकाससँगै बिपदको पूर्व तयारीलाई पनि ध्यान दिने बताएका थिए ।

चक्लेट बोकेर बिद्यार्थीको कक्षा कोठामा सशस्त्र प्रहरी

कक्षामा पस्नसाथ चक्लेट देखाएर बिद्यार्थी लोभाउदै स्कुल कार्यक्रम सञ्चालन गरेका गुल्मीका सशस्त्र प्रहरी सदरमुकाम बाहेक गाउँ केन्द्रित हुन थालेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेका बिभिन्न बिद्यालय तथा क्याम्पसहरुमा लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मलुक कार्यक्रम गाउँमा रहेका बिद्यालयहरुमा समेत सुरु गरेका छन् ।बिद्यार्थीहरुको लागि प्रर्शिक्षक दिने फरक खालको प्रस्तुति राख्ने सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपति डिएसपी दिनेश रायमाझीको कलात्मक क्षमताबाट धेरै बिद्यार्थीहरु प्रभावित हुने गरेका छन् । उनले सुरुमै हातमा ८ देखि १० वटा चक्लेट देखाउने गर्दछन् हल्लाले भरिएको बिद्यार्थीहरुको आवाजलाई त्यसले सुनसान नै बनाउने गर्दछ ।उनले सुरुमै बिद्यार्थीहरुको लागि लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी टिप्स दिनुपूर्व ध्यान केन्द्रित गर्न चक्लेट देखाएर भने यो चक्लेट तपाईहरुको लागि हो । जस्ले हल्ला गर्छ उसले चक्लेट पाउछ, जो निदाउन उसले चक्लेट पाउछ र जस्ले सोधेको प्रश्नको जवाफ दिन्छ उसले चक्लेट पाउछ भनेपछी प्रयाजसो बिद्यार्थीहरु अचम्मीत मानेर बस्छन् ।

यो उनको बिद्यार्थीहरुको ध्यान केन्द्रित गर्ने कला जिल्लाको सदरमुकाम तम्घास बाहेकको बिद्यालय मुसिकोट नगरपालिकाको महेन्द्रआर्दश माध्यमिक बिद्यालयमा पनि प्रस्तुत गरे । बिद्यार्थीहरु एकै ठाउँमा बस्दा निकै हल्ला थियो तर उनको त्यो प्रस्तुतिले मत्थर पारिदियो ।लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धीकोस्कुल कार्यक्रम जिल्ला सदरमुकाममा प्रभावकारी बनेपछी सदरमुकाम बाहेकका बिद्यालयहरुबाट पनि राखिएको सशस्त्र प्रहरी वल गुल्मका गुल्मपति डिएसपी रायमाझीले बताए । उनि सरुवा भएर गुल्मी आउन साथ सुरु गरिएको कार्यक्रम सदरमुकामका बिद्यालयहरु सकेर गाउँ केन्द्रित अभियानमा छन् ।

मुसिकोट नगरपालिका वामी स्थित महेन्द्र आर्दशका करिव १ सय ५० जना माध्यमिक तहमा पढने बिद्यार्थीहरुका लागि लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धीे जन चेतना मुलक कार्यक्रम राखिएको हो । सशस्त्र प्रहरी वल गुल्म गुल्मीले गुल्मीमा स्कुल तथा क्याम्पसहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ । कार्यक्रम लिएर प्रहरी नायव उपरिक्षक आफु नै स्कुलहरुमा पुग्ने गरेका छन् ।

उनले बिद्यार्थीहरुलाई लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मुलक प्रस्तुतिहरु दिनेक्रममा बिद्यार्थीहरुको हल्लालाई मत्थर पार्न चक्लेटको लोभ देखाउँदै शान्त पार्ने गर्दछन् । बिद्यार्थी र प्रहरी बिच साथित्वको भावना जगाउँदै समाज सुधार गर्न खटिने सुरक्षा कर्मीलाई सघाउनु पर्छ भन्ने भावनालाई जगाउन यस कार्यक्रमले महत्पूर्ण भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए ।

लागु औषधको दुव्यसनीले समाज पार्ने नकरात्म असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा सशस्त्र प्रहरीले सुरु गरेको जनचेतना मुलक अभियान प्रभावकारी हुदै गएको रायमाझीले बताए । सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाम तम्घासको रेसुङ्गा क्याम्पसबाट सुरु गरेको सचेतना अभियान सदरमुकाम तम्घासका अर्जुन आवासिय माध्यमिक बिद्यालय, सिद्धबाबा माध्यमिक, रेसुङ्गा माध्यमिक बिद्यालय,आर्दश बिध्या आश्रम र महेन्द्र माध्यम बिद्यालय सम्म करिब २ हजार वढि बिद्यार्थीहरुलाई प्रर्शिक्षण दिइएको बताइएको छ ।

बिद्यार्थीलाई जनचेतना मुलक प्रस्तुतिमा लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी बिभिन्न अबस्थाहरुमा केन्द्रित भएका कार्यक्रमहरु राख्ने गरिएको छ । स्कुल कार्यक्रमबाट स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले जनचेतना कार्यक्रम थालिएको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका सशस्त्र प्रहरी निरिक्षक देबराज मल्ल बताए । युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलम कार्यक्रम राखिएको प्रहरी निरिक्षक मल्लले बताए ।

लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो । नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषधद्धारा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताएका थिए ।

लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।


प्रकाशित मिति : १० असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend