साझा नेटवर्क
तिलु शर्मा पौडेल ,(तिलुबाबा) कतार ।
नेपाली साँगितिक बजारमा दिनानुदिन नयाँ नयाँ भिडियोहरु बजारमा आए पनि हरेक गित र भिडियोबाट बजारमा फरक दबदबा कायम गरेको देखिन्छ ।
बेउला बनाउछु भन्थी बहुला बनाएर गइ गीतको बोलबाट आफ्नो संगीतिक क्षेत्रमा गायक परिचय बनाएका रमेश राज भट्टराईले कल्व सँग पारखीहरुमा लक्षित गरि “ओइ कान्छी” बोलको गीत बजारमा ल्याएका छन् ।
मलाई मायाँ जालमा पार्यौ तिमी तिरै सर्यो , ओई कान्छी तिम्रो नजरैले मार्यौ, तिम्रै रुपले पागल भाछु म त आजभोली, मुटु छेड्ने रहेछ तिम्रो नजरैको गोलि, जस्ता मार्मिक शब्दले सजिएको गीतको म्यूजिक भिडियोलाई दुर्गेस थापाको अफिसियल युटुब च्यानलबाट डिजिटल बजारमा ल्याइएको छ ।
हेर्दा नजर नहट्ने गरि प्रस्तुत गरिएको भिडियोमा केशब भट्टराई , डीबी भट्टराई , रबिना क्षेत्री ,म्याक्स नेपाल, राजु रोका, लक्ष्मण श्रेष्ठ, प्रकाश न्यौपाने आयुष घले लगायतले आफनो कला देखाएका छन भने नेपाली कलाकेन्द्र कतारका दर्जन भन्दा बढी कलाकारहरुले भरपुर साथ् दिएका छन ।
भुपेन रिखाम मगरले निर्देशन गरेको भिडियो केही समय पहिले मध्यपूर्वको देश कतारमा छायाँकन गरिएको थियो । भिडियोको छायाँकन समिर पापा (इन्डियन), र सम्पादन क्रान्ति केसीले गरेका छन । गीतमा भट्टराईकै शब्द, संगीत र स्वर रहेको छ । आफना पहिलेका सिर्जना जस्तै यो सिर्जनालाइ पनि दर्शक श्रोताहरुले मन पराइदिनेमा भट्टराई आशिबादी रहेका छन ।
हेर्नुहोस भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend