साझा नेटवर्क
अर्जुन पौडेल , कतार ।
संखुवासभालीको पहिचान बिस्व सामु चिनाउने हाम्रो आभियन नारा सहिंत बिगत दुई बर्ष आगाडी स्थापित संखुवासभा समाज कतारले मृगौला पिडित रबिन तामाङ्गलाई आर्थिक सहयोग गरेको छ ।
संखुवासभा जिल्ला धर्मदेबी नगरपालिका वार्ड नं. १ महभिर घर भई हाल मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका १ टुक्रे निबासी ३३ बर्षिय रबिन तामाङ्गको मृगौला फेल भएको र परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले परिवारले गरेको सहयोगको अपिललाई मनन गर्दे रु १००,००० (अक्षरेपी एकलाख) सहयोग गरेको हो ।
समाजका कोषाध्यक्ष पदम तामाङ्गको संयोजकत्वमा रबिन तामाङ्ग बचाउ अभियान समिति बनाई सो समितिले कतारमा स्थापित सस्थाहरु ओखलढुंगा सेवा समाजबाट रु १५३०, धनकुटा प्रबासी सेवा समाजबाट रु ३०३०, तेह्रथुम सेवा समाजबाट रु ६०००, ताप्लेजुङ्ग पाथिभरा सेवा समाजबाट रु ३०३० रकम संकलन गरेको थियो । बाकी हुन आउने रकम रु ८६४१० भने समाजमा आवद्ध सदस्यहरु र अन्य सहयोग दाताहरुबाट संकलन गरिएको महासचिब निरन नेपालले बताए ।
संकलित रकम रबिन तामाङ्ग बचाउ अभियान समितिका संयोजक पदम तामाङ्गले मृगौला पिडित रबिन तामाङ्गका साला अम्बर लिम्बुको NIC Asia Bank लिमिटेड को खाता नम्बर ४१८७७७५२५४५२४००१ मा पठाईएको जानकारी गराएका छन् ।
प्रबासका साथसाथै आफ्नो गृह जिल्ला वा अन्य जिल्लाहरुमा सामाजिक क्षेत्रहरुमा सहयोग गर्दै आएको समाजले तामाङ्गको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे , सबै सहयोगी हात र मनहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend