साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले हिन्दुहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर शुभकामना आदान-प्रदानका साथमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
“प्रतिष्ठानको केन्द्रिय भवन निर्माण सहयोगार्थ” आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पङ्गेनि, लोक तथा दोहोरी गायिका तुलसी क्षेत्री र मोड्ल तथा डान्सर रोजि बस्नेत कतार आउने भएका छन् ।
कार्यक्रमलाई शाखाका प्रथम उपाध्यक्ष शक्ति क्षेत्रीले संयोजन गरेका छन । साझा नेटवर्क सँगको छोटो कुराकानीका क्रममा क्षेत्रीले कतारमा स्थापित सम्पूर्ण संघसंस्था, समाज सेवी, व्यवसायी, वुद्धिजिवि, दाजु भाई तथा दिदि बहिनीहरुलाई कार्यक्रम उपस्थित भई कार्यक्रमको शोभा बढाईदिन आग्रह समेत गरेका छन् ।
कार्यक्रममा प्रवेशका लागि महिलाहरुलाई निशुल्क गरिएको छ भने पुरुषहरुलाई करी ४० को टिकट राखिएको छ । कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु संगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।
कार्यक्रम यहि आउदो ५ अक्टोबर २०१८ शुक्रबारका दिन कतारको सनैया स्थित डल्ला ड्राइभिङ्ग एकाडमीको हलमा बिहान ११ बजेबाट सुरुहुने प्रतिष्ठानका अध्यक्ष कृष्ण बरालले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend