logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीमा सनातन धर्म विरोधी गतिविधि बढ्न थालेपछि हिन्दुहरु संगठित बन्दै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची असोज ८।
जिल्लामा बिभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गिरोह सक्रिय बन्न थालेपछि सनातन हिन्दु धर्मावलम्बीहरु आफ्नो धर्म रक्षा को लागि संगठित बनेका छन । नेपालको कानुन अनुसार सनातन धर्म बिरोधि गतिबिधि गर्न र धर्म परिवर्तन गराउने नियतले प्रचार प्रचार गर्न नहुने ब्याबस्था प्रष्ट भएता पनि विभिन्न प्रलोभनमा धर्म परिवर्तनकारिहरु जिल्लामा सक्रिय रहेको भन्दै असोज ७ गते आइतबार अर्घाखाचीको सन्धिखर्कमा बसेको हिन्दुहरुको भेलाले १०५ सदस्यीयहिन्दु जागरण नेपाल ,अर्घाखाँची शाखा गठन गरेको छ ।
धर्म परिवर्तन बिरुद्धको महाअभियान तथा सनातन धर्म रक्षाको लागि बिसुद्ध धार्मिक सस्था हिन्दु जागरण नेपालका केन्द्रीय उपाध्यक्ष याम बहादुर भण्डारी,केन्द्रीय सदस्य पूर्ण गुरुङ तथा पश्चिम विभागका सदस्य हरिहर शर्मा तथा अर्घाखाँची जिल्लाका धार्मिक अभियान्ता तथा समाजसेबी ब्याक्तित्व नारायण प्रसाद खनालको आतिथ्यता रहेको भेलाले नारायण खड्का संयोजक र अतिष किरण बि क सह संयोजक रहेको तदर्थ समितिले जिल्लामा रहेका हिन्दु धर्मावलम्बहरुलाई एकताबद्ध गर्नुका साथै गाउ गाउमा संगठन बिस्तार गर्ने बताएको छ ।साथै भेलाले राजु पन्थी संयोजक र युवराज थापा सह संयोजक रहने गरि २५ सदस्यीय युवा स्वयेमसेबक दस्ता समेत गठन गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्लाका धार्मिक अभियान्ता नारण प्रसाद खनालले पछिल्लो समय जिल्लामा बिदेशी आयातित धर्मका झोले भरौटेहरुले अशिक्षा ,बेरोजगारी,गरिबी,जातीयता जस्ता सामाजिक कमजोरीको फाइदा उठाउदै बिबिन्न प्रलोभनमा पारि धर्म परिवर्तन गराउने दुस्साहस बढाई रहेको हुदा जिल्लाका सम्पूर्ण सनातन धर्म प्रेमीहरु हातमा हात मिलाई त्येस्तो समुहलाई निरिह बनाउन एकजुट हुन् आग्रह गर्नुभयो ।

हिन्दु जागरण नेपालको युवा संगठनले केहि बर्ष पहिले नै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दर्ता भै अनुमति पत्र लिई जिल्लामा धर्म परिवर्तन गराउन आउने समूहसंग प्रतिकार गर्दै आएतापनि त्येस्ता धर्म परिवर्तनका गतिबिधि नरोकिए पछी थप सहजताको लागि हिन्दु जागरण नेपालको मूल समिति शाखा गठन गरिएको हिन्दु जागरण नेपाल युवा संगठन अर्घाखाँचीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानाकारी दिए ।

पछिल्लो समयमा हिन्दु धर्म बिरोधि गतिबिधिहरु तिब्र रुपमा बढ्न थालेपछि सनातन धर्म जोगाउन हिन्दुहरुले सक्रियता बढाएका हुन भेलाले जिल्लामा छिट्टै हिन्दुत्व संरक्षण सम्बधि प्रशिक्षण तथा धार्मिक र्याली,एक घर एक ॐ झण्डा अभियान, धर्म परिवर्तन निषेधित ब्यानर, पम्पेल्ट जस्ता बिभिन्न धार्मिक प्रदशन गर्ने निर्णय गरेको छ ।

साथै धर्म परिवर्तन गराउने गतिबिधि लिएर घर घरमा आउने जो कोइ भेटिएमा तत्काल प्रहरी प्रशासनमा खबर गर्न समेत सस्थाले आम जिल्लाबासीहरुलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend