साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज ७ ।
अनटेष्टकप खुल्ला पुरुष फुटवलको उपाधि गोल्डेन स्टार युवा क्लवले जितेको छ । निधारित समयभित्र १–१ गोल गरेका गोल्डेन स्टार युवा क्लव र रुपन्देहि ११ टा«इब्रेकर अन्तरगत पेनाल्टि सुट आउटमा गएका थिए ।
पाँच/पाँच पेनाल्टी पनि बराबर भएपछि थप गरिएका एक÷एक पेनाल्टीमा गोल्डेन स्टार युवा क्लवले एक गोल गरेको थियो । प्रतियोगीतामा बिजेता गोल्डेन स्टार युवा क्लवले नगद ५० हजार, कप र मेडल प्राप्त गरेको छ । भने उपबिजेता रुपन्देशि ११ ले नगद ३० हजार कप र मेडल प्राप्त गरेको क्लवका सचिव दिपक कुवंरले बताए ।
सदरमुकाम तम्घासमा ४ दिनदेखि जारी अन्टटेष्ट फुटवल कपको शनिवार भएको सेमीफाईनल खेलमा रेसुङ्गा युवा क्लवलाई हराउदै गोल्डेन स्टार युवा क्लव र पुल्चोक स्र्पोट क्लवलाई हराउँदै रुपन्देहि ११ फाइनलमा प्रवेश गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्घाटन गरेको प्रतियोगीताको समापन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुुसालले गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै मेयर भुसालले खेलाडी देशका गहना भएकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि स्थानीय तहको तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताए ।
उनले आगामी दिनमा पनि तम्घास तथा रेसुङ्गा नगरभित्र संचालान हुने खेलहरुमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै नेकपाका नेता बोम बहादुर खडकाले विश्वमा ख्याती प्राप्त खेलको रौनक गुल्मीमा बढ्दै जानु खुसीको कुरा भएकाले यो क्षेत्रको वृती र विकासका निम्ती सवैको सहयोग र साथ आवश्यक रहेको बताए ।
त्यस्तै नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्टले खेल क्षेत्र र खेलाडीमा आएको उर्जालाई मर्न नदिन सवैको सहयोगको आशा व्यक्त गरे । यो क्षेत्रसंग राष्ट्रिय गौरव समेत जोडिएकाले खेल क्षेत्रको विकास र खेलाडीको संरक्षणको लागि राज्यले महत्वपूर्ण योजना अगाडी बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले पछिल्लो समय जिल्लामा खेलकुदको क्षेत्रमा सुखद कामहरुको शुरुवात भएको बताए । कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवालाको सहभागीता रहेको थियो ।
अनटेष्ट युवा क्लवले सविधान दिवसको अवसरमा आयोजित खुल्ला फुटबल प्रतियोगीताको आयोजना गरेको थियो । प्रतियोगीतामामा गुल्मी, बाग्लुङ र रुपन्देहिमा १७ समुहको सहभागीता रहेको थियो ।
बिस २०७१ सालमा क्लवले जिल्लामै सबैभन्दा धेरै ७० हजार राशिको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो । बिस २०६६ सालमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यमा समेत आफुलाई अग्रणी स्थानमा राख्दै आएको क्लबका अध्यक्ष गोबिन्द पाण्डेयले बताए ।
सार्वजनिक शौचालय निर्माण, पश्चिम नेपाल बस ब्यवसायी संघ शाखा कार्यालय तम्घासको काउन्टर ब्यवस्थापन तथा मर्मत गर्नुका साथै बडागाउँको दजाकोटमा भिषण आगलागि हुँदा क्लवले ५० हजार बराबरको राहत सामाग्री वितरण गरेको पाण्डेयले बताए । भने विभिन्न मेला तथा साँस्कृतिका कार्यक्रममा बिशेष भुमिका निर्वाह गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend