logo
  • सोमबार, असोज १२ २०८३

त्रिभुवन मावि खर्वाङमा मन्टेश्वरी शिक्षक तालिम सुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल , बागलुङ असोज ७ ।
त्रिभुवन माध्यमिक विद्यालय वडिगाड गाउँपालिका वडा नं. २, खर्वाङको आयोजनामा मन्टेश्वरी शिक्षक तालिम आइतवार देखि सुरु भएको छ।

एक हप्ता सम्म चल्ने तालिममा त्रिभुवन माविका प्राथमिक तहका शिक्षक सहित सो विद्यालयका आधार विद्यालय चण्डीथान प्रावि, सरस्वती प्रावि, भगवति प्रावि तथा रेमलीटोला प्राविकाका शिक्षकहरुको सहभागिता रहेको छ। आज तालिमको उद्घाटन गर्दै वडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलले वालवालिकालाई मनोवैज्ञानिक तथा प्रयोगात्मक तरिकाले खेल्दै सिक्ने वातावरण गराउन तालिम सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले नमुना उन्मुख विद्यालय शिक्षण सिकाइ कृयाकलापमा नमुना हुनुपर्ने र त्यसको आधारको लागि तालिम संचालन गरिएको वताउनु भएको छ। उद्घाटन कार्यक्रम प्रधानाध्यापक ढालमणि भण्डारीको अध्यक्षता, सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

आइतवार देखि १३ गते शनिवार सम्म चल्ने तालिमको लागि मारिया मन्टेश्वरीका प्रशिक्षक कविराज भट्टराइले सहजिकरण गर्ने विद्यालयले जनाएको छ।

कार्यक्रमको दौराहनमा  लिएका तस्बिरहरु


प्रकाशित मिति : ७ असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend