साझा नेटवर्क
सज्जन ढकाल गुल्मी , असोज ७।
शिव पार्वतिले तपस्या गरेको किम्ब दन्ती रहेको कौडे र कालिकेकको काखमा अवस्थित यश क्षेत्रको रमणीय तथा पर्यटकिय ठाउँ कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ मा रहेको श्री दुर्गा भवन मा.बि छापचौर गुल्मी मा प्राबिधिक शिक्षा सन्चालन गर्नका लागि यहि २०७५ असौज ९ गते देखि १६ गते सम्म श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम धनधान्यान्चल तथा शैक्षिक महोत्सव २०७५ गरिदै छ ।
अलौकिक कथा बाचन गर्नका लागि धार्मिक सहिद नारायण पोख्रेलका पुत्र प्रबिण पन्डित दिनबन्दु पोख्रेल र सहबाचक तथा सङ्कल्प कर्ता धुर्व शरण बस्याल आउने भयका छन । यसै कार्यक्रमलाई सफलता पुर्वक संचालन गर्नका लागि आयोजक स्रोत र वडाका सम्पुर्ण क्लब आमा समुह विशेष गरि सहआयोजकको रुपमा रहेको सदाबहार युवा क्लब र सृजनसिल आमा समूह छापचौरले तयारी तिब्र बनाएको छ । उक्त कार्यक्रम बिद्यालयको प्राङ्गणमा सन्चालन गरिने भएको छ
उक्त कार्यक्रमको दिन नजिकिदै गर्दा अहिले भुर्तुङ छापचौरका स्थानिय जनसमुदायमा विशेष धार्मिक हर्षको तरङ्ग बढेको देख्न सकिन्छ । किनकि यति बेला गाउँका चोक चोकमा महायज्ञका लागि स्वागत गेट निर्माण भैसकेका छन । बाटो घाटो सरसफाइ, रङ रोबन गरियको छ ।
सिङ्गो गाउँ सबै पतकाले बेहुलीझै सिगारियको छ । एक हप्ताको लागि मदिरा सेवन ,ओसारपसार उत्पादन ,काटमार र मासु बिक्री बितरण बन्द गर्नको लागि वडा कार्यालयले विशेष सुचना प्रकासित गरेको छ । उक्त कार्यक्रमलाई ऐतिहासिक र उपलब्धि मुलक बनाउन सहआयोजकको रुपमा रहेको सदावहार युवा क्लब र शृजनसिल आमा समूह भुर्तुङ छापचौर हमेसा लागि पर्दै तयारी तिब्र रुपमा अगाडि बढाइयको क्लबका अध्यक्ष तारा थापाले जानकारी गरानु भयो ।
महायज्ञ मण्डप ,हुमन कुण्ड,धान्यान्चल ,गौसाला निर्माण भैसकेको छ । बिद्यालय पुतली र बेहुली झै सिगारियको र कथा बाचन गरिने स्टेज तथा पन्डाल निर्माण गरिदै छ । बाकी निर्माण कार्य दुई दिनमा सम्पन्न गरिने महायज्ञ मुल समितिका अध्यक्ष धन बहादुर क्षेत्रीले जानकारी गराउनु भयो ।
विशेष गरि बिगत देखि बर्तमान सम्म बिद्यालयका सबै उपलब्धी मुलक यात्राहरुमा सदाबहार युवा कल्ब र सृजनसिल आमा समूह भुर्तुङ छापचौर लगायत अन्य सबै भुर्तुङ्का कल्ब र आमा समुहको योगदान उल्लेखनिय र ऐतिहासिक रहेको बिद्यालयका प्रधानाध्यापक तथा महायज्ञ मुल समितिका महासचिव पुण्य प्रसाद गौतम र सहायक प्रधानाध्यापक तथा मुल समितिका महासचिव सुभाष चन्द्र गौतमले जानकारी गराउनु भयो ।
उहाले पुनः थप्दै भन्नुभयो समाज समुदाय र बिद्यालय एक सिक्काका दुइपाटा हुन । बिद्यालय नै यसै ठाउँमा अवस्थित रहेकाले हरेक कार्यमा यश समुदायका कल्ब र आमा समुहको सहयोग अपरम्पार हुनु स्वभाबिक हो ।! हरेक बर्ष बिद्यालयको बार्सिकत्सब र सन्चालन गरिने कार्यक्रममा सदाबहार युवा क्लबले ठूलो सहयोग र योगदान गर्दै आयको छ ।
त्यसैले यस कार्यमा पनि हामी यस संस्थालाई एक अभिन्न अङ्गका रुपमा लियका छौ । बिद्यालय प्रती वडाका सम्पुर्ण क्लब र आमा समुहले गरेको सहयोग र सद्भाव हामी कदापि भुल्ने छैनौ । त्यो अभिलेख इतिहासमा सुरक्षीत रहनुका साथै शैक्षिक बिकास संगै देसको समृद्धिका लागि कोसे ढुङ्गा साबित हुने छ ।
महायज्ञ सन्चालनको तयारि आज सम्मका सम्पुर्ण भौतिक कार्यमा सहयोग गर्नु हुने आयोजक र साबिकका सबै वडामा सह आयोजकको रुपमा रहेका क्लब आमा समुह र स्थानिय वडाबासि जन समुदायको पनि उल्लेखनिय भुमिका र योगदान रहेको भन्दै महायज्ञ मुल समितिका वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद श्रेष्ठले बताउनु भयो ।
९गते बिहान ठिक १० बजे बाजा गाझा झाकी जुलुस सहित अमराइ ,भट्टेटोला, नयाँगाउँ,खस्कोट,हिले ,धुवाखोला,झिर्बास,कराङ्तुङ,तमे,ठुटेपिपल ,नागा,छापचौर हुँदै श्री दुर्गा भवन माध्यमिक बिद्यालयमा कलस सोभा कार्य संगै उद्घाटन हुने भयकाले सम्पुर्ण ,बुद्धिजीवी ,समाजसेवी ,संघ सस्था,कल्ब आमा समूह ,पत्रकार ,बिद्यालय अबिभावक,र भजन मण्डलिहरुलाइ बाजागाझा सहित विशेष उपस्थितिको लागि पनि हार्दिक निमन्त्रणा गरियको आयोजक स्रोतले जनायको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend