logo
  • सोमबार, असोज १२ २०८३

कृषकको लागि निशुल्क किट वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल ,बागलुङ असोज ७ ।
लक्ष्मी नारायण कृषि सहकारी संस्था लिमिटेड वामी टक्सारले संचालन गरेको संकलन केन्द्रको यहि असोज २० गते औपचारीक उद्घाटन गरिने भएको छ।

आज संस्थाका संचालक, तरकारी फलफुल व्यापारी तथा कृषकहरुको संयुक्त अन्तरक्रिया भेला कार्यक्रमवाट सो मिति तय गरिएको हो। त्यस्तै भेलाले तरकारी तथा फलफुल उत्पादनको लागि ६ ओटा करेसावारी समुहको समेत गठन गरेको छ। त्यस्तै भेलाले संकलन केन्द्रमा संकलन गरिएका फलफुल तथा तरकारीहरु अन्य विक्रेता मार्फत पनि विक्रिवितरण गर्ने व्यावस्था मिलाउने निर्णय गरेको छ।

कार्यक्रममा कृषकहरुलाई निशुल्क रुपमा तरकारीको विउ वितरण गरिएको र संकलन केन्द्रका व्यावस्थापक काशिनाथ अर्यालले सो विउपल सौजन्य गर्नुभएको सहकर्मि महेश्वर घिमिरेले जानकारी दिनुभएको छ। सो कार्यक्रम सहकारीका अध्यक्ष यमुना घिमिरेको अध्यक्षता, व्यावस्थापक कृष्ण थापाको स्वागत मन्तव्य तथा सचिव तुल्सी मल्लको संचालनमा सम्पन्न भएको थियो।


प्रकाशित मिति : ७  असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend