साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज ७।
गुल्मीको एक बद्यिालयमा प्राबिधिक कक्षा सुरु गर्न भन्दै चलेको धार्मिक तथा शैक्षिक महोत्सवमा ७७ भन्दा वढि आर्थिक संकलन भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक बिधालयलाई ब्यवसायिक कृषि तथा सुबिधा सम्पन्न बिधालय संचालनका लागि गुल्मी रेसुङगा शैक्षिक तथा धार्मिक महोत्सवबाट ७७ लाख ७६ हजार २ सय ६९ रुपैयाँ संकलन भएको महोत्सव प्रचार प्रसार संयोजक महोतप्रसाद पोडेयले बताए ।
गएको भदौ ३० गतेबाट सुरु भएको महोत्सव ६ गते सम्म चलेको हो । महोत्सवको शनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गरेका हुन् । महोत्सवको समापन गर्दै भण्डारीले नेपाली युवाहरु अहिले ५३ डिग्रीको गर्मीमा पनि बिदेशमा श्रम बेचिरहेकाले अब त्यी युवाहरुलाई स्वदेशमा नै रोजगारको ब्यबस्था गर्नका निम्ति बर्तमान नेतृत्व लाग्नु पर्नेमा जोड दिए ।
शैक्षिक क्षेत्रमा सुधारसँगै स्वदेमै रोजगारि सृजना गर्ने तर्फ ध्यान जान जरुरी रहेको नेता भण्डारीले बताए । गुल्मेली जनताले खास नृतृत्व चिन्न नसकेकै कारण जनताले चाहे अनुरुप बिकास हुन नसकेको बताए ।
तम्घासको उपल्लो तम्घासमा ७ दिन सम्म चलेको धार्मिक तथा शैक्षिक महोत्सवमा भागबत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीको प्रमुख बाचकतत्वमा शैक्षिक क्रान्त्रीका अभियान्ता ईश्वर शरण महाराजको संगीतमय प्रर्बचन दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend