logo
  • सोमबार, असोज १२ २०८३

भाद्र ३० को तिजिगित कार्यक्रम भव्य र सभ्य भएको निष्कर्ष


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ असोज ७ ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ बडिगाड २ खर्वाङको समिक्षा वैठक शुक्रवार सम्पन्न भएको छ। वैठकले भाद्र ३० गते भएको खुल्ला तिजिगित प्रतियोगीता भव्य र सभ्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ। वैठकले कार्यक्रमलाई सहयोग गर्ने सहयोग दाता, अतिथि र सहयोगीहरुको लागि धन्यवाद व्यक्त गरेको छ। त्यस्तै वैठकले समितिका सदस्य विक्रम परियारकी ममतामयी माताको निधनको प्रति श्रद्धाञ्जली, संस्थाका संस्थापक भिमलाल भुसाल, महासंघका पूर्व कलाकार रुनमाया भुसाल र राष्ट्रिय सभा सदस्य शान्ति अधिकारी को सिघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। त्यस्तै वैठकले भाद्र ३० गते भएको कार्यक्रमको हिसाव किताव तयार गरि सार्वजनिक गर्न आर्थिक समितिका संयोजक वावुराम जिसि, कोषाध्यक्ष देउमाया राना र लेखा समिति संयोजक महलाल पौडेललाई जिम्मा दिने निर्णय गरेको छ। जनसाँस्कृतिक महासंघले विगत २८ वर्ष देखि खर्वाङमा तिजिगित कार्यक्रम मार्फत नारी आन्दोलन र जनजिविकाका सन्दर्भमा आवाज उठाउँदै आएको छ।

बैठक अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा सचिव कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।


प्रकाशित  मिति : ७ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend