logo
  • सोमबार, असोज १२ २०८३

अनटेष्ट कपमा क्वाटर फाइनलका खेल शुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

शिवलाल सुवेदी, गुल्मी असोज ५ ।
गुल्मीको सदरमुकाम तम्घासमा जारी अन्टटेष्ट फुटवल कप २०७५ मा शुक्रवारदेखि क्वाटर फाईनलका खेलहरु शुरु भएका छन । जिल्लामै पहिलो पटक सबैभन्दा ठुलो राशीको खुल्ला पुरुष अन्टटेष्ट फुटवल कपमा शुक्रवारदेखि क्वाटर फाईनलका खेलहरु शुरु भएका हुन ।

क्वाटर फाईनलको पहिलो खेलमा रेसुङ्गा युवा क्लव तम्घास गुल्मीले सिद्धवावा युवा क्लव तम्घासलाई २ गोल अन्तरले पराजित गरेको छ । रेसुङ्गा युवा क्लवका लागि खेलको पहिलो हापको ३५ मिनेटमा जर्सी नम्बर १० का सरद क्षेत्रीले पहिलो गोल गरे भने पहिलो हापमै सिद्धवावाका जिवन भुजेलले आत्मघाती गोल गरेर रेसुङ्गा युवा क्लवलाई थप १ गोल थपिदिए ।

यस्तै खेलको दोस्रो हापको १३ मिनेटमा क्याप्टेन त्रिदेव कार्कीले १ गोल गरेर टिमलाई ३ गोल पु¥याएका थिए । यस्तै ३ मिनेट थप गरेको समयमा रेसुङ्गाकै सरद क्षेत्रीले पुन १ गोल गरेर आफ्नो टिमलाई विजयी बनाउन सफल भए ।

यता सिद्धवावाका लागि खेलको पहिलो हापको २७ मिनेटमा रतिेश मल्लले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने खेलको दोस्रो हापको १४ मिनेटमा विनोद आलेले १ गोल गरेका थिए ।

यस्तै शुक्रवार पुल्चोक स्र्पोट क्लव र फोट्रिन स्टार युवा क्लवविच भएको दोस्रो खेलमा पुल्चोक स्र्पोट क्लवले २ गोल गदै आफ्नो सेमी फाईनलको यात्रा पक्का गरेको हो । पुल्चोकका तर्फवाट खेलको ८ मिनेटमा मोहन थापा र १९ मिनेटमा आशिष रानाले गोल गरेका थिए भने फोट्रिन स्टारतर्फवाट ३२ मिनेटमा अनिश पुनले १ गोल गरेका थिए ।

यस्तै क्वाटर फाइनल खेलमा गोल्डेन युवा क्लवले एकता युवा क्लव ए लाई ५ गोल हानेको छ । गोल्डेनका तर्फवाट पहिलो हापको १२ मिनेटमा मन्दिप थापाले गोल गरे भने २० मिनेटमा कमल वरालले १ गोल गरे । यस्तै दोसो हापको खेलमा गोल्डेनका जमिर मियाले २ गोल हान्न सफल भएका छन ।

यस्तै १९ मिनेटमा केशव वरालले पुन १ गोल गरेर आफ्नो टिमलाई ५ गोलमा पु¥याएका थिए । यता एकता युवा क्लव ए का तर्फवाट खेलको १४ औ मिनेटमा कप्तान वोम बहादुर भुजेलले १ गोल गरेर आफ्नो टिमको खाता खोलेका हुन ।

राजेन्द्र चुदाराले २१ औ मिनेटमा १ गोल गरेर ५–१ को अन्तरवाट ५–२ को अन्तरमा आफ्नो टिमलाई उकास्न सफल भएपनि आफ्नो टिमलाई सेमीफाईनलमा पु¥याउन भने सकेनन ।

सविधान दिवसको अवसरमा आयोजित खुल्ला फुटबल खेलको विजेता ले ५० हजार नगद र मेडल हात पार्नेछ भने उपविजेताले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगितामा गुल्मी, बाग्लुङ, अर्घाखाची, प्युठान, पाल्पा र रुपन्देहीका गरि १७ समुहको सहभागिता रहेको छ ।

प्रतियोगीताको वुधवार प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्घाटन गरेका थिए । प्रतियोगीतामा विभिन्न बिधामा उत्कृष्ठ हुने खेलाडीहरुलाई ३० हजार बराबरको पुरस्कार प्रदान गरिने क्लबका सचिव दिपक कुवरले बताए । २०७१ सालमा क्लवले जिल्लामै सबैभन्दा धेरै ७० हजार राशिको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता समेत सम्पन्न गरेको थियो ।

२०६६ सालमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यमा समेत आफुलाई अग्रणी स्थानमा राख्दै आएको क्लबका अध्यक्ष गोबिन्द पाण्डेयले बताए । शनिवार सेमीफाईनका र आइतवार फाईनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend