साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज ४।
गुल्मीमाआउँदो असोज १२ र १३ गते निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लव अफ काठमाण्डौ लड बुद्ध र नेपाल हृदय रोग निवारण प्रतिस्ठान गुल्मीको संयोजनमा तम्घासको महेन्द्र माविमा शिविर संचालन हुँदैछ ।
शिविरमा मुटुको इसिजी, इको कार्डियोग्राम, अल्ट्रासाउण्ड, इन्डोस्कोपी र प्याथोलोजी सहित एक दर्जन रोगको उपचार तथा निशुल्क औषधी बितरण गर्ने योजना रहेको नेपाल हृदय रोग निवारण प्रतिस्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताए ।
शिविरमा बिर अस्पतालका मुटुरोग विभाग प्रमुख तथा बरिष्ट मुटुरोग बिशेषज्ञ प्राध्यापक डाक्टर प्रकाशराज रेग्मी, शहिद गंगालाल हृदयरोग केन्द्र काठमाण्डौका बरिष्ठ जनरल फिजिसियन तथा पेट आन्द्रा लिभर तथा मधुमेह रोग बिशेषज्ञ डाक्टर दिनेशचन्द्र पोखरेल, काण्माण्ठौ मेडिकल कलेजका बरिष्ठ जनरल फिजिसियन तुल्सीराम भटराई आउने भएका
हुन् ।
त्यसैगरी बिरेन्द्र सैनिक अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डाक्टर अरुण कुमार यादव, सहिद गंगालाल हृदयरोग केन्द्रका बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सञ्जय केशी सहित हाडजोर्नी तथा नशारोग बिशेषज्ञ, प्रसुती रोग बिशेषज्ञहरुको टोली तम्घासमा आउने नेपाल हृदय रोग निवारण प्रतिस्ठान गुल्मीका सचिव तारा भुसालले जानकारी दिए ।
साथै असोज १३ गते बिश्व मुटुरोग दिवसको अवसरमा प्रभातफेरी तथा जनप्रतिनिधि र पत्रकारसङ स्वास्थका विभिन्न विषयमा अन्तरक्रिया गरिने भुसालले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend