साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज ४ ।
महयज्ञ सुरु नहुँदै गुल्मीको एक बिद्यालयलाई सहयोग गर्नेक्रम सुरु भएको छ । गुल्मीको जिल्लाको इस्मागाउँपालिका वडा नम्बर २ मा पर्ने पालुखा माध्यमिक बिद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्न भन्दै यहायज्ञ पूजा सञ्चालन हुदै छ ।
आफनै ठाउँमा उच्च शिक्षा प्रदान गर्ने उदेश्यले गर्न लागिएको महायज्ञलाई स्थानियले उत्साह देखाउदै सहयोग अभियानलाई साथ दिएका छन् । महायज्ञ यहि आउँदो असोज २२ गते देखि ३० गते सम्म सञ्चालन हुदै छ ।
बिद्यालयको उच्च शिक्षामा सहयोग गर्न भन्दै स्थानियले ६ लाख वढि रकम संलन गरि सकेको पूँजा आयोजक समितिले जनाएको छ । नजिकै उच्च शिक्षा दिने बिद्यालय नहुदा पढनको लागि सदरमुका सम्म पुग्नु पर्ने बाध्यता अत्य गर्नको लागि स्थानियले महायज्ञ सुरु नहुदै आर्थिक संकलन अभियानलाई तिब्र पारेका छन् ।
उच्च कक्षा सञ्चालन गर्नको लागि बिद्यालयको आर्थिक अबस्था कम्जोर भएपछी महायज्ञ पूजा आयोजना गरिएको पालुखा माबिका प्रधानाध्यापक बावुराम खत्रीले बताए । महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति गठन गरिएको छ ।
महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गरेर महायज्ञको तयारीलाई तिब्र पारिएको बिद्यालयले जनाएको छ । ९ दिन सम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराजले कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ । महायज्ञको तयारी स्वरुप प्रचार प्रसारसँगै महायज्ञ स्थललाई मर्मत समेत गरिएको बिद्यालयले जनाएको छ ।
२०३५ सालमा स्थापना भएको बिद्यालयमा लामो समय सम्म ५ कक्षा सम्म सञ्चालन हुदै आएको थियो । आर्थिक अबस्था कम्जोर हुँदाहुादै केहि वर्ष पहिलेबाट ८ कक्षा सम्म र केहि वर्ष यता कक्षा १० सम्म पठनपाठन हुदै आएको छ ।
बिद्यालयलको आर्थिक अबस्था निकै दनिय अबस्थामा १० कक्षा सम्म सञ्चालन गर्दै आएको बिद्यालयले बिद्यालयको खर्च चलाउन स्थानियसँग चन्दा सहयोग र देउसी भैलो खेलेर समेत रकम सञ्चालन गरेर बिद्यालय चलाउदै आएको छ ।
सदरमुकाम नजिकै रहेर पनि ओझेलमा परेको बिद्यालयलाई अगाडी ल्याउनको लागि भन्दै पछिल्लो समय यता स्थानियले बिभिन्न जग्गा दान गरेर नयाँ भवन समेत निर्माण गरेका छन् ।
भवन निर्माण भएपनि बिद्यालयमा उच्च शिक्षा सञ्चालन गर्नको लागि आबश्यक दरबन्दीका शिक्षक र आर्थिक अबस्था कम्जोर भएकाले पूजा आयोजना गरिएको बिद्यालयका निर्वतमान प्रधानध्यापक सुरेन्द्र पोण्डेयले बताए ।
बिद्यालयमा उचित भवनको अभाव हुदा केहि वर्ष पहिले बाँसले बारेको कक्षामा बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य थिए । बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend