साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज ४ ।
पालुखा माध्यमिक विद्यालय इश्मा गाउँपालिका गुल्मीमा धार्मिक महायज्ञको तयारी तिब्र भएको छ । तयारीस्वरुप उसले आर्थिक संकलन, मञ्च ब्यवस्थापन लगायतका कुराहरुलाई तिब्रता दिएको हो । विद्यालयमा कक्षा ११ र १२ संचालनको लागि असौज २२ गतेबाट महायज्ञ सुरु हुँदै छ ।
महायज्ञ सुरु हुन १८ दिन बाँकि छदैँ विद्यालयमा छ लाख ४६ संकलन भइसकेको प्रध्यानाध्यापक बाबुराम खत्रीले जानकारी दिए । जसमा मुल पण्डित बाल योगेश्वरले २१ हजार एक सय १५ प्रदान गर्नुभएको छ ।
विद्यालयका प्रध्यानाध्यापक खत्रीले एक लाख २५ हजार एक सय ५१, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष टिका रेश्मीले एक लाख पाचँ हजार पाचँ सय ६५, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष बेलबहादुर कुँवरले एक लाख २५ हजार एक सय ५१ प्रदान गर्नुभएको छ ।
त्यस्तै कैया केसीले ५२ हजार एक सय ५१, राजु पाण्डेले ५१ हजार एक सय ५१, लिल बहादुर कुँवरले १० हजार एक सय, झगर सिंह कुँवरले ११ हजार एक सय ११ प्रदान गरेको विद्यालयले जनाएको छ ।
तस्तै जंग बहादुर खत्रीले १५ हजार एक सय, सुमित्रा थापाले १५ हजार एक सय, शिक्षक सुरेन्द्र पाण्डेले २५ हजार एक सय, डोल बहादुर नेपालीले ११ हजार अमृता खत्रीले ११ हजार एक सय ५१ प्रदान गर्नुभएको प्रध्यानाध्यापक खत्रीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend