logo
  • सोमबार, असोज १२ २०८३

मंसिर १ देखि ९ सम्म हुने वडिगाड महोत्सवका लागि मुल समारोह समिति गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ असोज ३ ।
मंसिरको १ गते देखि ९ गते सम्म प्रथम वडिगाड महोत्सव तथा न्वागी मेला २०७५ हुने भएको छ। वडिगाड संस्कृति प्रवर्धन केन्द्र वडिगाडको आयोजना तथा वडिगाड गाउँपालिकाको समन्वयमा भएको वृहत अन्तरक्रिया तथा भेलाले सो निर्णय गरेको छ । सो महोत्सव सञ्चालन गर्नको लागि कलाधर घिमिरेको संयोजकत्वमा १ सय १ सदस्यिय मुल समारोह समिति गठन गरेको छ । समितिमा वडिगाड गाउँसभाका सवै सदस्य तथा सवै वडावाट प्रतिनिधिमुलक प्रतिनिधित्व रहेको छ । त्यस्तै भेलाले गुणनिधि घिमिरेको संयोजकत्वमा आर्थिक उपसमिति, प्रदिप खरेलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, शिवलाल घिमिरेको संयोजकत्वमा विज्ञापन संकलन उपसमिति, तिर्थमणि भुसालको संयोजकत्वमा स्टल तथा भौतिक व्यावस्थापन उपसमिति, कमल पौडेलको संयोजकत्वमा संघ संस्था परामर्श उपसमिति गठन गरेको छ ।त्यस्तै टिका पाइजाको संयोजकत्वमा साँस्कृतिक उपसमिति, काजिमान गौचनको संयोजकत्वमा खेलकुद संचालन उपसमिति, कमलराज आचार्यको संयोजकत्वमा अनुगमन तथा पृष्ठपोषण उपसमिति, इन्द्र वहादुर थापाको संयोजकत्वमा अल्का मेला तथा रमाइलो मेला व्यावस्थापन उपसमिति र शिव घिमिरेको संयोजकत्वमा लेखा उपसमितिको गठन गरेको छ ।

सो भेलामा संघिय सांसद देवेन्द्र पौडेल, वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, उद्योग वाणिज्य संघ वुर्तिवाङका अध्यक्ष चिन्तामणि शर्मा, महासचिव राम नारायण सुवेदी, भिमगिठे माविका प्रधानाध्यापक सागर खरेल लगाएतले कार्यक्रमको प्रारम्भिक अवधारणाको वारेमा टिप्पणी सुझाव तथा धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रम बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कृष्ण भट्टराईको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend