logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा संबिधान दिवसको अवसर खुल्ला फुटवल प्रतियोगिता सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी असोज ३ ।
संबिधान दिवसको अबसर पारेर गुल्मीमा खुल्ला फुटवल प्रतियोगित सुरु भएको छ । जिल्लामा रहेको अन टेष्ट युवा क्लव रेसुङ्गा नगरपालिकाले जिल्लाको सदरमुकाम तम्घासमा खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको हो । खेलको बुधवार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले समय समयमा बिभिन्न संघ संस्था क्लवले आयोजना गर्ने यस्ता खेलकुदका कार्यक्रमले खेल क्षेत्रको बिकासमा सहयोग मिल्ने बताए । गुल्मी जिल्लाका बिभिन्न स्थानसँगै बाग्लुङ र रुपन्देही गरि १७ टिमको सहभागिता रहेको छ । असोज ६ गते सम्म चल्ने खेलमा प्रथम हुने प्रतियोगिले रु ५० हजार शिल्ड मेडल प्रमाण पत्र पाउने छन् ।

त्यस्तै तिद्धिय हुनेले रु ३० हजार, तृतिय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार शिल्ड मेलड प्रमाण राखिएको क्लवका सचिव दिपक कुँवरले बताए । जिल्लाको सदरमुकाम तम्घासमा छोटो समयमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यमा चासो दिने गरेको छ ।

क्वले रेसुङ्गा नगरपालिका ८ मा सार्वजनिक शौचालय निर्माण, लगायत अरु सरसफाइको क्षेत्रमा समेत काम गर्दै आएको छ । क्लवले बिभिन्न भाडपर्वमा मनाइने लाखे जात्रा, गाईजाा र रोपाईजात्रा तथा देउसीँ भैलो कार्यक्रमको गरेर संकलित रकम सामाजिक कार्यमा खर्चदै आएको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend