साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गुल्मी सेवा समाज कतारले गुल्मेली गायिका शिलु भट्टराईलाई सम्मान गरेको छ । समाजले एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाउदै सम्मान पत्रले सम्मान गरेको हो । सोहि अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाले पनि भट्टाराईलाई सम्मान गरेका हुन् ।
कतारको नज्मा स्थित नेपाली युनिक रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नविन पोख्रेल, उपाध्यक्ष सुदर्शन भट्ट, तेज कटुवाल, युवा संयोजक माया केसी, प्रवक्ता अशोक तामांग, महिला समाजकी सचिव अम्बिका खत्री, गुल्मी सेवा समाज कतारका अध्यक्ष झबिन्द्र आचार्य, संरक्षक शिव खड्का, सल्लाहकार भिम तरामु मगर, बिष्णु गौतम महिला संयोजक मिना खड्का, त्यस्तै लोक दोहिरी गित प्रतिष्ठानका अध्यक्ष कृष्ण बराल, सचिव रित कुमार श्रेष्ठ, कोषाध्यक्ष शिवराम ढकाल, नवोदित साहित्यिक वाचनालायका महासचिव तिलु शर्मा पौडेल लगायत गित संगीतलाई माया गर्ने सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
गत सनिबार सम्पन्न उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कलाकारहरु राष्ट्रका गहना भएको र यस्ता गहनालाई सबैले जोगाइ राख्नु पर्ने बताउदै गायिका भट्टराईलाई साँगितिक यात्राको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै गायिका भट्टराईले कतारमा ३ ओटा सस्थाद्वारा एकैसाथ सम्मानित हुन पाउदा आफु निकै भाग्यमानी भएको र यो माया सम्मान र इज्जतलाइ बाचुन्जेल नभुल्ने बाचा गर्दै सम्पूर्ण प्रति आभार प्रकट गरिन ।
कार्यक्रमको अन्त्यमा बोल्दै झविन्द्र आचार्यले कार्यक्रम सफल बनाउन उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे भने गायिका भट्टराईलाई साँगितिक यात्रा सफलताको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम समाजका सचिव कमल अर्यालको सन्चालनमा सम्पन्न भएको थियो ।
भट्टराई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा कृयाशील ७६ वटा संघ-संस्थाहरुको संयुक्त आयोजनामा आयोजित “तीज विशेष साँस्कृतिक कार्यक्रम”मा आफनो साँगितिक प्रस्तुति दिन नेपाल देखि कतार आएकी थिइन ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend