logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँची सेवा समाज कतारले सदस्यता नवीकरण तथा नयाँ सदस्यता खुल्ला गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
“अर्घाखाँची बासी एक हौ नेपाली समाजका लागि केही गरौ” भन्ने मुल नारा साथ अर्घाखाँची सेवा समाजको गत १४ सेप्टेम्बर २०१८ का दिन बसेको समाजको २८ औं बैठकले रोजगारीको सिलसिलामा कतारमा कार्यरत जिल्लाबासीहरुमा सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिनको लागि आह्वान गरेको छ ।

संस्थाले स्थापना काल देखि नै क्रियासिल रही कतारमा स्थापित संघ संस्थाहरु बीच समन्वय गर्दै प्रवासमा रहेका बिशेष गरि जिल्लाबासी तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा भई परि आएका आपत बिपत्तको समयमा आर्थिक भौतिक नैतिक सहयोग गर्दै समस्याको समाधान मात्र न भएर स्वदेशमा पनि आपत विपत्तिको समयमा बिभिन्न आर्थिक सहयोग गर्दै आएको छ।

आगामी केहि महिना भित्रमा संस्थाको अधिबेशन गर्ने योजनामा रहेको जानाकारी गराउदै जिल्लाबासीहरुलाई सुचिकृत गर्दै यो सुचना प्रबाह गरेको समाजका अध्यक्ष ठाकुर कुमार परियारले बताए ।

जिल्लाबाट रोजगारी तथा बिभिन्न ब्यबसायिकको सिलसिलामा काम कार्य संचालन गर्दै आउनु भएका जिल्लाबासी दाजुभाई दिदिबहिनीहरुमा आफ्नो पुरानो सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन आह्वान गर्दै । सबैमा यो सुचना प्रकाशित गर्दै आ-आफ्नो मातहतमा रहेका भाई बन्दुहरुमा सहज जानाकारी गराई सदस्यता लिन समाजले निम्न व्यक्तिहरु सँग सम्पर्क गरि सदस्यता लिन सबैमा अपिल गरेको छ ।

सम्पर्क ब्याक्तिहरुको नामवली निम्न अनुसार छ।

ठाकुर कुमार परियार दोहा मुबाईल नम्बर ३३१२८८२९ ,केदार नाथ भुसाल ७७५२२३७१ ,राम प्रसाद पराजुली अलखोर ५५८९८४२७,टेक राज थापा सनैया अलतिहा ६६४२९६४९ ,अनिल परियार सनैया ३०७१०१९८ ,बिष्णु बहादुर कुवँर दोहा ५५०९७४६१, बाला राम पाण्डे ५५८८६७०२ ,कृष्णा प्रसाद श्रेष्ठ ५५८४५२३३ ,बोम बहादुर बस्नेत ५५६६४७५१ नेत्र प्रसाद भुसाल ६६६५०५२९ , सन्तोष केसी ६६०९२७९२, एमडी सलाफ खान ५०४५७९८२ लगाएतका माथि उलेखित गरिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्ने जानाकारी दिएका छन् ।


प्रकाशित मिति : ३ असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend