साझा नेटवर्क
साझा नेटवर्क, बुटवल ।
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा रहेको देउराली बजारमा भगवती मन्दिर निर्माण कार्य तिब्र गतिमा अगाडि बढेको छ।
रोजगारी सिलसिलामा कतार आएका भगवती निवासी राजेन्द्र पाण्डेले आफू जन्मेको मातृभुमिमा आफुले पनि केही गर्नु पर्छ भने भावनालाई आत्मसात गर्दै गाउँमा मन्दिर निर्माण गर्नु पर्छ भन्ने अभियान लिएर अगाडि बढेको पाण्डेले गाउँबाट देश तथा बिदेशका विभिन्न सहरमा आफ्नो काम कार्य गर्दै आउनु भएका जिल्ला तथा गैर जिल्ला बासीहरुको यस अभियानमा आर्थिक सहयोग गर्ने सहयोगी हातहरुबाट मन्दिर निर्माण कार्यमा हाल सम्म करिब २ लाख संकलन भएको अभियन्ता पाण्डेले जानकारी दिए उक्त रकम मन्दिर निर्माणको खातामा रहेको जानकारी दिए ।
बिगत केहि समय पहिले सामाजिक संजाल मार्फत सहयोगी दाताहरूको नाम सहित आफ्नो संजालमा प्रकाशन गरेका थिए भने सम्पुर्णमा सहयोगी मनहरु प्रति विशेष कृतज्ञता प्रकट गरेका छन ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend