साझा नेटवर्क
अनिल खत्री , गुल्मी भदौ ३१।
गुल्मीको एक बिद्यालयले माध्यमिक शिक्षाको कक्षा सुरु गर्न भन्दै महायज्ञ पूजा गर्ने भएको छ । जिल्लाको इस्मागाउँपालिका वडा नम्बर २ मा पर्ने पालुखा माध्यमिक बिद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्न भन्दै यहायज्ञ पूजा सञ्चालन गर्ने भएको हो ।
उच्च कक्षा सञ्चालन गर्नको लागि बिद्यालयको आर्थिक अबस्था कम्जोर भएपछी महायज्ञ पूजा आयोजना गरिएको पालुखा माबिका प्रधानाध्यापक बावुराम खत्रीले बताए । बिद्यायलयमा शनिवार बसेको भेलाले यहि आउँदो असोज २२ गते देखि ३० गते सम्म महायज्ञ गर्ने मिति तय गरेको प्रधानाध्यापक खत्रीले बताए ।
भेलाले महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरेको छ । महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गरेको खत्रीले बताए ।
९ दिन सम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराज कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ । २०३५ सालमा स्थापना भएको बिद्यालयमा लामो समय सम्म ५ कक्षा सम्म सञ्चालन हुदै आएको थियो । आर्थिक अबस्था कम्जोर हुँदाहुादै केहि वर्ष पहिलेबाट ८ कक्षा सम्म र केहि वर्ष यता कक्षा १० सम्म पठनपाठन हुदै आएको छ ।
बिद्यालयलको आर्थिक अबस्था निकै दनिय अबस्थामा १० कक्षा सम्म सञ्चालन गर्दै आएको बिद्यालयले बिद्यालयको खर्च चलाउन स्थानियसँग चन्दा सहयोग र देउसी भैलो खेलेर समेत रकम सञ्चालन गरेर बिद्यालय चलाउदै आएको छ । सदरमुकाम नजिकै रहेर पनि ओझेलमा परेको बिद्यालयलाई अगाडी ल्याउनको लागि भन्दै पछिल्लो समय यता स्थानियले बिभिन्न जग्गा दान गरेर नयाँ भवन समेत निर्माण गरेका छन् ।
भवन निर्माण भएपनि बिद्यालयमा उच्च शिक्षा सञ्चालन गर्नको लागि आबश्यक दरबन्दीका शिक्षक र आर्थिक अबस्था कम्जोर भएकाले पूजा आयोजना गरिएको बिद्यालयका निर्वतमान प्रधानध्यापक सुरेन्द्र पोण्डेयले बताए । बिद्यालयमा उचित भवनको अभाव हुदा केहि वर्ष पहिले बाँसले बारेको कक्षामा बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य थिए । बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीले बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो बिद्यालयका निर्वतमान प्रधानाध्यापक सुरेन्द्र पाण्डेयको स्वगत रहेको कार्यक्रमको सञ्चालन जिल्लासमन्वय समिति गुल्मीका सदस्य दलबहादुर बिश्यकर्माले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend