logo
  • सोमबार, असोज १२ २०८३

बागलुङमा गएको पहिराेकाे बिषयमा संसदमा जानकारी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बिमल खड्का, काठमाडौ भदौ ३० ।
नेपाल कमन्युिष्ठ पाटी (नेकपा) स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पाैडेलले ढाेरपाटन र बडिगाडकाे सिमानाकाे पहिराेकाे बिषयमा संसदमा जानकारी गराएका छन् । संसदमा शनिबार बिशेष समय लिएर बाेल्दै, पाैडेलले तुरतुरे भिरकाे पहिरोले बडिगाड खाेला थुनिएर भएकाे क्षतिकाे बिषयमा सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।

सांसद पाैडेलले घटनाका बिषयमा दु:ख व्यक्त गर्दै डुबानबाट पिडितकाे पहिचान गरि अावश्यक राहतका लागि सरकारले तत्काललै व्यवस्था गर्नुपर्ने बताएका छन् ।अहिले पनि सम्भावित दुर्घटनाकाे जाेखिम छ त्यहाका जनता निकै त्रसितमा छन्, पाैडेलले भने ।

त्यहा पशुचाैपयापनि परेका छन् कतिकाे घर गाेठनै डुबानमा परेकाे छ । अझै खतरामुक्त भएकाे छैन् । त्यसैले सरकारकाे गम्भीर रुपमा त्यसतर्फ ध्यान जाअाेस् । अझैपनि पुर्णरुपमा त्यसस्थानका जनता सुरक्षित छैनन् सुरक्षाका लागि सरकारले सबै संयन्त्र तयारी अवस्था राख्नुपर्दछ पाैडेलको भनाई छ ।

पाैडेल बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । साेहि स्थानमा अाज बिहान प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलकाे टाेलीलले पनि स्थलगत अवलोकन गरिसकेकाे छ ।

पहिरो पछि खाेला थुनिदा ढाेरपाटन नगरपालिका -२ का चुरा ब कुमालकाे गाेठ सहित ३ गाेरु देविराम कुमालकाे दुईतले टिनकाे छानाे भएकाे घर गाेठ ,कृष्ण बहादुर कुमाल घर गाेठ र राम बहादुर कुमाल गाेठ तालमा डुबेकाे ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend