logo
  • सोमबार, असोज १२ २०८३

धुर्कोट कोटमा सुख्खा पहिरो, बस्ति जोखिममा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल , गुल्मी भदौ ३० ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ धुर्कोट रजस्थलमा सुख्खा पहिरो जाँदा दलित बस्ति जोखिममा परेको छ ।धुरको माथिल्लो भाग अर्थात ऐतिहाँसिक धुर्कोट कोटको तलपट्टिको चट्टान खस्दा बस्ति जोखिमा परेको हो । स्थानिय नारायण नेपाली, प्रेम नेपाली, ध्रुव नेपाली, श्याम नेपाली, नर बहादुर नेपाली, विष्णु नेपाली, विष्णु नेपाली, बाबुराम नेपालीको घर जोखिममा परेको छ । त्यस्तै राम नेपाली र गिता नेपालीको घर पनि जोखिममा परेको स्थनिय पुष्कर खड्काले जानकारी दिए ।

एक्कासि माथिबाट ठूला–ठूला चट्टान खस्न थालेपछि स्थानियले घर नै छाडेका थिए । त्यस्तै कोटमा टेलिकमले बनाएको टावरनजिकबाट पनि जमिन चर्किएको छ । यससम्बन्धमा गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले जोखिममा रहेको बस्ति स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् ।


प्रकाशित मिति : ३० भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend