साझा नेटवर्क
देबेन्द्र केसी, भारत ।
काठमाडौँ भुतुङ गुल्मी काठमाडौँ सम्पर्क समाजले तीज विशेष कार्यक्रम, एसइइ सम्मान तथा श्री दुर्गा भवन मा.वि.मा हुन गइरहेको सप्ताह महापुराणको उप समिति गठन कार्यक्रम सम्पन्न गरेको छ ।
बत्तीस पुतली स्थित अनुपम फुडल्याण्डमा आयोजित उक्त कार्यव्रम संस्थाका अध्यक्ष दीपक शर्मा (ढकाल) को अध्यक्षता तथा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा काठमाडौँमा बसोबास गर्ने भुर्तुङ – गुल्मी सम्बद्ध मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममको औपचारिक सुरुवात संस्थाका सचीव कमल आचार्यले गर्नुभयो ।
कार्यव्रmम उद्घाटन पश्चात् स्वागत मन्तव्य र संस्थाको वारेमा परिचय दिँदै अध्यक्ष शर्माले गैर राजनैतिक संस्थाको रुपमा स्थापित यस संस्थाले भुर्तुङ सम्बद्ध मानिसहरुलाई एकीकृत गरेको र उनीहरु मार्फत् जन्मभूमिको सहयोगका लागि निस्वार्थ काम गर्दै आएको जानकारी दिनुभयो । प्रमुख अतिथि ज्ञवालीले तीज पर्वको महत्व, समाज परिवर्तनमा नारीहरुको भूमिकामाथि प्रकाश पार्दै महायज्ञको सफलता र प्राविधिक शिक्षालय स्थापनामा आफ्नो पूर्ण समर्थन रहने कुरामा जोड दिनुभयो ।
विशेष अतिथिको रुपमा पाल्नुभएका दुर्गा भवन मा.वि.का प्राचार्य पुन्यप्रसाद गौतमले प्राविधिक शिक्षालय स्थापनार्थ हुन गइरहेको महायज्ञमा काठमाडौंमा बसोबास गर्ने भुर्तुङबासीहरुको उल्लेख्य सहयोगको अपेक्षा राखिएको जानकारी दिनुभयो ।
कालीगण्डकी गा.पा. वडा नं. ७ का वडाध्यक्ष लोकप्रताप शाहले सबैतिर छरिएर रहनुभएको भुर्तुङबासीहरुको सहयोगबिना महायज्ञ सम्पन्न हुन नसक्ने भएकाले सबैलाई छापचौरमा उपस्थित भई महायज्ञमा सरिक हुन अनुरोध गर्नुभयो ।
कार्यव्रmममा संस्थाका संस्थापक सल्लाहकार नन्दा ज्ञवाली, शारदा कुँवर, श्रीधर गौतम लगायत संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार घनश्याम थापा मगर, छापचौरबाट पाल्नुभएका रुक्माङ्गत आचार्य, गोकर्ण पौड्याल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका उपाध्यक्ष सुरेश पौडेल, कोषाध्यक्ष चिरन्जीवी ढकाल, सहसचीव जमुना गौतम, सदस्य शिशिर गौतम र दलबहादुर थापा, पूर्व सचीव आनन्द गौतम लगायतले कार्यव्रmम सफल पार्न आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको अधिकांश समय नाचगान र सांस्कतिक कार्यक्रमले लिएको थियो । सन्ध्याकालीन दरखाने कार्यक्रम पश्चात् महायज्ञ सम्पन्नार्थ निम्न सदस्यीय उपसमिति गठन गरिएको थियो ।
उप समिति संयोजक दीपक शर्मा (ढकाल) सदस्यहरुमा सुरेश पौडेल, चिरन्जीवी ढकाल, कमल आचार्य, जमुना गौतम, शिशिर गौतम, दलबहादुर थापा, दुर्गा पौडेल, तिलक गुरुङ, आनन्द गौतम, सुरेश ढकाल, चोमविक्रम शाह, लोकबहादुर क्षेत्री त्यस्तै सल्लाकारहरुमा डा. श्रीधर गौतम, नन्दा ज्ञवाली, शारदा कुँवर, गोकर्ण पौडेल, घनश्याम थापा मगर, अर्जुन हमाल, गोविन्द गौतम, करुणा पौडेल, पूर्णभद्र पौडेल, शारदा पौडेल काफ्ले, पुष्पनिधि गौतम, भवन शाह, जीवन गौतम, चक्रपाणि आचार्य बाबुराम पौडेल शिवजी गौतम, डा. चिन्तामणि गौतम, विष्णु आचार्य रहेका छन्






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend