साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ २६ ।
नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर निर्वाचित भएका छन् । युनियनको मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न ७ औं जिल्ला अधिवेशले कुँवरको अध्यक्षतामा ११ सदश्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हेमलाल भण्डारी, सचिवमा रमेश विक, कोषाध्यक्षमा तेजेन्द्र कुमार श्रेष्ठ, सह सचिव (महिला) कमला पहराइ रहेका छन् । समितिको अन्य सदश्यहरुमा अनिश गैरे, मनु सुनार, विवेक काफ्ले, चन्द्रकला राना निर्वाचित भएका छन् ।
प्रदेश पार्षदमा प्रकास घिमिरे, विष्णु प्रसाद आचार्य, सुमन्त महतरा, मोहन वस्नेत, भुवन भुसाल, रमेश रसाईली, गंगा भण्डारी र कविता गैरे रहेका छन् । त्यसैगरि केन्द्रिय प्रतिनिधिमा हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, ताराप्रसाद भुसाल, कौरव खत्री, कालीदास खरेल र श्रृङ्खला वौद्याचार्य रहेका छन् ।
अधिवेशनको अवसरमा नेपालप्रेस युनियन गुल्मीले पत्रकार जनार्दन घिमिरेलाई उत्कृष्ट क्रियाशिल पत्रकारीता पुरस्कार २०७५ वाट पुरस्कृत गरेको छ । अधिवेशनको अवशरमा घिमिरे सँगै मापद मपाणी स्मृति पत्रकारीता पुरस्कार रेडियो रेसुंगाका मनु सुनार र जनचेतना पत्रकारीता पुरस्कार पत्रकार हेम भण्डारीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यीक पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुराएको भन्दै हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीलाई समेत सम्मान गरिएको थियो ।
सोही अवशरमा प्रेस युनियनका पुर्व अध्यक्षहरु रेशम कुँवर, महेन्द्र भण्डारी, शालीक पन्थी र जितेन्द्र थापालाई समेत सम्मान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend