logo
  • सोमबार, असोज १२ २०८३

नेपाल सिएमए संघ गुल्मीको १५ औ स्थापना दिवसको अवसरमा फलफुल वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी  भदौ २६ ।
नेपाल सिएमए संघ गुल्मीले १५ स्थापना दिवस मनाएको छ । संघले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल तम्घासका बिरामीलाई फलफुल वितरण गर्नुका साथै प्रस्तुती सामग्री समेत वितरण गरेको छ ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्या, संघका नवनिर्वाचित अध्यक्ष होम पल्ली सहितका पदाधिकारीले अस्पतालमा भर्ना भएका दुई दर्जन बिरामीलाई फलफुल वितरण गरेका थिए । आफ्नो स्थापना दिवसको अवसरमा अस्पताललाई सामग्री सहयोग गर्ने नेपाल सिएमए संघ गुल्मीलाई डाक्टर पाच्याले आभार प्रकट गरे । उनले संस्थालाई अझ सक्रिय बनाउँदै काममा विश्वास र सदुभाव देखाउन आग्रह गरे ।
संघका जिल्ला अध्यक्ष होम पल्लीले आगामी दिनमा आफुहरुले अरु रचनात्मक एवं सृजनात्मक काम गर्दै जाने बताए । भर्खरै सम्पन्न संघको जिल्ला अधिवेशनले अध्यक्षमा पल्ली सहित उपाध्यक्षमा कृष्ण बहादुर कुवंर, सचिवमा भागिरथ पाण्डेय,  सहसचिवमा भुपेन्द्र कडेल, कोषाध्यक्षमा कमला विक लगायत सदस्यहरुमा ठाकुर ज्ञवाली, आनन्द श्रेष्ट, राम बहादुर सुर्यवंशी, कृष्ण भण्डारी, श्याम भुसाल पुर्ण बहादुर जिसी, प्रेम घर्ति मगर र अर्जुन भण्डारी रहेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७५  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend