साझा नेटवर्क
साझा नेटवर्क , कतार ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१७-१९ कार्यकालको दोस्रो परिषद भेला सम्पन्न गरेको छ ।
गत ०७ सेप्टेम्बर २०१८ का दिन दोहा स्थित गल्फ प्याराडाईज होटलको सभाहलमा सम्पन्न ,संघको अध्यक्ष नबिन पोखरेलको सभापतित्व, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तकोको प्रमुख आतिथ्यमा रहेको थियो।
उक्त भेलामा एनआरएनए आईसीसी सचिव डी. बि. क्षेत्री, आईसीसी मध्येपूर्व संयोजक आर. के. शर्मा, अईसीसी मानार्थ परिषद सदस्यहरु नरेन्द्र भाट, कमलमणी गुरागाई,बिल गुरुङ, आईसीसी सदस्यहरु बिमल सुबेदी, कुमार कार्की बिनोद भटराई र एनसीसी कतारका प्रमुख सल्लाहकार बिनेश तामाङ विशेष अतिथि रहेका थिए । त्यसै गरी अतिथिको रुपमा एनआरएनए एनसीसी कतारका सल्लाहकार ज्यूहरु, कतारबाट प्रतिनिधित्व आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल लगायत पूर्व पदाधिकारीहरु, एनसीसीका पूर्व पदाधिकारी तथा सदस्यहरु साथै एनसीसी कतार सँग सम्बद्ध एनआरएनए अभियानका अग्रजहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि लगायत पार्षदहरुलाई एनआरएनए प्रथम उपाध्यक्ष तेज कटुवालको स्वागत मन्तब्य द्वारा कार्यक्रमा स्वागत गरेका थिए भने प्रमुख अतिथि आईसीसी उपाध्यक्ष कुमार पन्तले दीप प्रज्वलन गरी भेलाको उद्घाटन गरिएको थियो ।साथै कार्यक्रमको तालिका अनुसार एनसीसी कतारले कतारमा स्थापित सम्पूर्ण संघ-संस्थाहरुको संक्षिप्त विवरण समेटिएको “नेपाली डाईरेक्टरी कतार २०१८” सभापति, प्रमुख अतिथि र विशेष अतिथिहरु द्वारा विमोचन गरिएको थियो ।
भेलामा एनसीसी कतारका कोषाध्यक्ष उत्तम गुरुङले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन माथी आवश्यक सुझावहरु सहित सर्वसम्मत पारित गरिएको थियो,भने संघका महासचिव बुधवल गुरुङले वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थियो । एनसिसि कतारले १ वर्षमा गरेका उपलब्धिमुलक कार्यहरुको रचनात्मक समिक्षा लगायत सुझावात्मक छलफल पश्चात सर्वसम्मत पारित भएको थियो ।
शुभकामना मन्तव्य परिषद भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि आईसीसी उपाध्यक्ष कुमार पन्तले एनसीसी कतारले गरेका उपलब्धिमुलक कार्यहरु प्रति प्रशंसा गर्दै एनसीसी कतारको राम्रो पक्ष भनेको समस्याको उजागार गर्नु नै हो । यहाँका साथीहरु दिल खोलेर कुरा गर्नुहुन्छ, कमिकमजोरी औल्याउनु हुन्छ, संस्था भनेको पारदर्शी हुनुपर्छ भनेर सजग गराईरहनुहुन्छ। एनसीसी कतारको सुन्दरता नै यही हो उनले भने। मन्तव्यको क्रममा उहाँले आईसीसीको गतिविधि बारे संक्षिप्त रुपमा जानकारी गराउदै आईसीसीले लिएका योजनाका कार्यक्रमहरुमा भूकप्म पछिको तत्कालिन राहतका कार्यक्रम पछाडि बाँकी रहेका रकमबाट के गर्ने त भन्ने बृहत छलफल पश्चात सुरु भएको गोरखाको लाप्राकमा निर्माण भईरहेका ५७२ घरहरुमध्ये आगामी ११ अक्टूबर एनआरएनए डेको अवसरमा कम्तिमा आधा घरहरु हस्तान्तरण हुने र बाँकी घरहरु केहि महिना भित्रै निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने जानकारी गराए ।
त्यसैगरि प्रोजेक्टको रुपमा विश्वभरी ७८ देशमा फैलिएको गैरआवासीय नेपाली संघको आफ्नै कार्यालय थिएन र संघको पूर्व अध्यक्ष शेष घले नेतृत्वमा पहिलो कार्यकालमा संघको आफ्नै कार्यालय हुनुपर्छ भनेर एउटा अभियान अगाडि सारिएको र अब संघको आफ्नै भवनको आफ्नै कार्यलयमा कार्य सम्पादन गर्ने सपना पुरा भएको बताए । आगामी अक्टुबर १२ मा संघको आफनै भवनमा कार्यालय सर्दै यसमा कार्यमा एनसीसी कतारको पनि ठुलो सहयोग रहको उल्लेख गरे खुसी व्यक्त गर्दै धन्यवाद दिए ।
त्यही कार्यकालमा समृद्ध नेपाल मात्र होईन सफा नेपाल पनि हुनुपर्छ भन्ने अभियान अन्तर्गत ललितपुर जिल्लाको शंखमुल घाट स्थित ३२ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा करिब २ करोड लागतमा बनेको शंखमुल गार्डनको निर्माण कार्य सम्पन्न हुदै गरेको र यहि अक्टोबर १२ तारिक कै दिन हस्तान्तरण हुने कुराको पनि जानकारी गराउदै कतार लगायत मध्येपूर्वका एनआरएनए नेपालीहरुलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
उनले भने आफु पेशागत रुपमा विभिन्न क्षेत्र, विभिन्न देशमा रहनुहुने विज्ञ नेपालीहरुको विज्ञ सम्मेलन आगामी अक्टुबरमा काठमाण्डौमा हुदै गरेको पनि जानकारी गराउदै यसका साथै मध्येपूर्व क्षेत्रका नेपालीहरुका हितमा पनि विभिन्न कार्यक्रम बन्दै गरेको बताए । अन्य धेरै विषयहरुको अवगत गराउने क्रममा मध्येपूर्वका नेपालीहरुका एनआरएनए प्रतिको चासो जिज्ञासा, स्वदेश गमन र स्वरोजगारी, सबैखाले वर्ग समेटिने गरि सामूहिक लगानीको अवधारणा, २ बर्षे प्रावधान साथै समृद्ध नेपाल, सफा नेपाल र सुखी नेपाली बनाउने अभियानमा गैरआवासीय नेपालीहरुको भूमिका र सहभागीता लगायत विभिन्न समसामयिक विषयको जानकारी गराएका थिए ।
मन्तव्यको क्रममा विशेष अतिथि आइसीसी सचिव डी. बि. क्षेत्रीले एनसीसी कतार प्रति आफू पहिले देखि नै प्रभावित थिए र छु । कतारबाट मैले केहि न केहि सिकेकै हुन्छु भन्दै प्रशंसा गर्नुभयो । उहाँले मध्येपूर्वका नेपाली र विशेष गरी महिला श्रमिक त्यसमा पनि घरेलु कामदारको रुपमा विभिन्न माध्यम अपनाएर त्यहाँ पुगेका महिला दिदीबहिनीहरुको समस्या छ । त्यस्ता समस्याबारे एजेन्सी टू एजेन्सी गरेर नेपाल सरकार र सम्बन्धित देशका दुतावास जिम्मेवारी हुनेगरि एजेन्सी राखेमा समस्या निराकरण गर्न सकिने समस्याहरु बाडिएर होईन एकीकृत गरेर सामूहिक रुपमा सम्बन्धित निकायमा राख्दा प्रभावकारी हुने बताए ।
मन्तव्यकै क्रममा उनले हजारे अभियान स्थापित हुने क्रममा रहेको र श्रम मन्त्रालय अन्तर्गत कार्यदल बनेर कार्यान्वयनको चरणमा रहेको जानकारी पनि । त्यस्तै अर्को अभियानको रुपमा सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढीको पुनः निर्माणका लागि कसरी अगाडी बढाउन सकिन्छ भनेर मास्टर प्लान बनाउनका लागि एउटा कन्सल्टेन्सीलाई जिम्मा दिईसकेको र आगामी अक्टुबर सम्ममा त्यसको रुपरेखा सहित गढीको महत्वबारे सरकारलाई बुझाउने तयारी रहेको जानकारी गराउदै कतारबाट पनि विगतमा जस्तै यस अभियानमा पनि सहयोगको अपेक्षा हुने आशा व्यक्त गरे ।
भेलालाइ सम्बोधन गर्दै अर्का वक्ता विशेष अतिथि आईसीसी मध्येपूर्व क्षेत्रीय संयोजक आर. के. शर्माले एनसीसी कतारको १७/१९ कार्यसमितिले एक वर्षमा गरेका कार्य प्रगति प्रशंसायोग्य रहेको मध्येपूर्वमा कार्यरत नेपालीहरुको रेमिटेन्सले देशलाई ठूलो योगदान पु¥याएको र एनआरएनए आईसीसीको माध्यमबाट मध्यपूर्वका नेपालीहरुको हितमा कार्यक्रम ल्याउन आफू लागि परेको बताए ।
भेलामा आईसीसी मानार्थ परिषद सदस्यहरु नरेन्द्र भाट, कमलमणी गुरागाई, बिल गुरुङ आईसीसी सदस्यको तर्फबाट बिमल सुबेदी, एनसीसी प्रमुख सल्लाहकार बिनेश तामाङ, पार्षदहरुको तर्फबाट विष्णुलाल श्रेष्ठ र पूर्व कार्यसमितिको तर्फबाट ठाकुर कुमार परियारले शुभकामना मन्तव्य राखेका थिए। अन्त्यमा भेलालाई समापन गर्ने क्रममा परिषद भेलाका सभापति एवं एनआरएनए एनसीसी कतारका अध्यक्ष नबिन पोखरेलले एनसीसी कतारको निमन्त्रणालाई सहस्र स्वीकार गर्दै पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथि तथा परिषद सदस्यहरु प्रति धन्यवाद व्यक्त गरेका थिए ।
उनले भने एनसीसी कतारको वर्तमान कार्यसमितिले एक वर्षको अवधिमा उल्लेख्य मात्रमा कार्यहरु गरेको र केहि त्रुटिहरु भएमा आगामी दिनमा सुधार्दै जाने प्रतिवद्धता व्यक्त गर्दै यस कार्यसमितिले जुन गति, जुन खटाई र जुन अपेक्षाका साथ संघको कार्य सम्पादन गरिरहेकाछौं, त्यसको जस हामी लिन चाहन्थ्यौं । केहि त्रुटिहरु अवश्य भए होलान्, तर केही त्रुटीभन्दा बढी त राम्रा कामहरु भएका छन् । कही कतै एक दुई वटा त्रुटीले राम्रा कामहरु ओझेलमा नपरुन् भन्दै उनले सम्पूर्ण परिषद सदस्यहरुलाई आग्रह गरे ।
यो कार्यकालको एक वर्षको अवधिमा संघको एउटा फाउन्डेशन तयार भएको छ । पिलर पनि उठीसकेको छ र अब केहि छत हाल्न बाँकी छ । आर्थिक नियमावली तयार भई कार्यन्वयनमा आईसकेको छ । श्रमिक कल्याणकारी कोष स्थापना गरि केहि रकम जम्मा पनि भईसकेको छ । संघलाई आवश्यक विभिन्न नियम उपनियमहरु तयार भईसकेका छन् । जसलाई टेकेर हामीले कार्यसम्पादन गरिरहेकाछौं । अब अर्को कार्यकालमा त्यसलाई टेकेर कार्य सम्पादन गर्न अत्यन्त सहज हुनेछ बताए ।
साथै एक वर्षको परिषद भेलासम्म आईपुग्दै गर्दा हाम्रो टीमले गरेका केहि राम्रा काम र केहि कमजोरीबाट नयाँ कुरा सिक्दै त्यसलाई सच्याएर आत्मासाथ गर्दै अझै त्यसलाई राम्रो गर्ने प्रयत्नमा लाग्नेछौं । भावुक मुद्रामा देखिएका अध्यक्ष प्रस्तुत शब्दहरुमा यथार्थता झल्किनुको साथै मार्मिक र यथार्थ शब्दहरु संगै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रम संघका महासचिव श्री बुधवल गुरुङ ज्यूले संचालन गरेका थिए ।
भेला समापन पश्चात एनआरएनए एनसीसी कतारका कार्यसमिति र आईसीसी पदाधिकारीहरू विच भेटघाट तथा परिचयात्मक कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा आईसीसीको गतिविधि साथै एनसीसी कतारले खेल्न सक्ने भूमिका लगायत समसामयिक विषय वस्तुमा छल भएको थियो भने छलफलमा उठेका जिज्ञासाहरूको जवाफ आईसीसी सदस्य डी.बी. क्षेत्री र उपाध्यक्ष कुमार पन्तले दिएका थिए । छलफलका लागि सहजकर्ताको भूमिका आईसीसी सदस्य कुमार कार्कीले निर्वाह गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend