साझा नेटवर्क , चितवन भदौ २६ ।
स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलाडी भन्ने मूल नाराका साथ भरतपुर टेक्वान्डो डोजाङ्गले आफ्नो प्रथम बार्षिक
उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

चितवनको टाडी स्थित सौराह चोक नजिकै रहेको जलमा हलमा सम्पन्न उक्त कार्यक्रममा टेक्वान्डो डोजाङ्गका प्रमुख तथा नयाँ शक्ति पार्टी नेपाल प्रवास बिभाग अन्तर्गत अन्तर्राष्ट्रिय नेपाली समाज कतारका संयोजक टेक प्रसाद गोतामे को सभापतित्वमा नेपाल अन्तर्राष्ट्रिय बडी बिल्डर एसोसिसनका अध्यक्ष तथा कोच लोकेन्द्र परियारको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहाल, नेपाल प्रहरीका जिल्ला प्रमुख, नेपाल आर्मीका प्रतिनिधित्व नेपाल तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रसिक्षक रोसन खान लगायत जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उलखिनिय उपस्थितित्वमा दुई दिने खेल प्रतियोगिता सुभारम्भ गरिएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा मन्तब्यको क्रममा डोजाङ्ग संचालक टेक प्रसाद गोतामे ले खेलाडी राष्ट्रका गहना भएकाले राज्यले खेलाडीहरुलाई खल्ने बाताबरण बनाउनु पर्नेमा जोड दिनु पर्ने बताउदै वर्तमान सरकारले ध्यानाकर्षण गर्नु पर्ने र सुधार ल्याएमा तेक्वान्दो खेलाडीहरुले नेपाललाइ बिस्व सामु चिनाउन सक्छ्न भन्दै’ अबको युबाले खेल संगसंगै र्राष्ट्रिय राजनितिमा पनि हस्ताक्षेप गर्नु पर्ने बेला आएकोले सम्पुर्ण खेलाडीहरुलाई आर्थिक समृद्धिको नारा लिएर उदायको नयाँ शक्तीले मात्र देशको बिकाश गर्ने र खेलडीहरुको सम्मान गर्ने भएकाले नयाँ शक्तिमा आवद्ध हुन आह्वान गरेका थिए ।

उक्त खेलमा प्रतिस्पर्धीको नतिजा सकिए लगतै उपस्थित तथा अन्य करिब १०९ जना खेलाडी तथा प्रशिक्ष्यक नयाँ शक्ति पार्टीमा धुर्बिकृत भएका छन् भने खेलाडिहरुलाई कार्यक्रममा सभापति र प्रमुख अथिती तथा अतिथित्वहरुबाट खादा लगाएर सम्मान साथै स्वागत गरिएको थियो ।

बिजेता खेलाडिहरुलाई सम्मान पत्रका साथै म्याडल र नगद पुरस्कार प्रदान गरिएको थियो ध्रुब क्षेत्री ले कार्यक्रमको सहजीकरण गरेका थिए ।
प्रकाशित मिति : २६ भदौ २०७५ ।