logo
  • सोमबार, असोज १२ २०८३

कालीगण्डकी करिडोरको मन्त्री ज्ञवालीद्धारा उद्घाटन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल ,गुल्मी भदौ  २५ ।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन ।
२ ठुला शक्तिशाली अर्थनीती भएका छिमेकी मुलुक जोड्ने सवैभन्दा छोटो सडक भएकाले यो महत्वपूर्ण भएको बताए । सोमवार कालीगण्डकी करिडोर सडक योजना रिडी रुद्रवेणी खण्डको सार्वजनिक यातायात शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

‘चिन र भारतजस्ता छिमेकी मुलुक जोड्ने ३ सय ५० किलो मिटर सडक नेपालको आर्थिक विकासको मेरुदण्ड हो । उनले भने ‘यो सडकसगँ धार्मिक र सास्कृतिक महत्व समेत जोडिएको छ ।’ लुम्बिनी, मुक्तिनाथ र मानसरोवर जस्ता धार्मिक तथा सास्कृतिक महत्व भएका स्थलहरुलाई समेत करिडोरले जोडेको छ । त्यसकारण पनि कालीगण्डकी करिडोरलाई नेपालीहरुको भाग्य रेखा भएको उनको भनाई छ। ‘कालिगण्डगी करिडोर लगायत अन्य महत्पूर्ण राष्ट्रिय गौरवका आयोजनाहरुको वारेमा भारतीय तथा चिनियाँ समकक्षीहरुसगँ कुरा भइरहेको छ ।

’ मन्त्री ज्ञवालीले भने, ‘यस्ता योजनाहरुमा उहाँहरुको सहयोग मिल्छ ।’ सडक विकासको प्रमुख आधार भएकाले विकासलाई उत्पादनसगँ लैजानु पर्नेमा उनको जोड थियो । कालीगण्डकी करिडोर सम्पन्न भएपछि यहाँ ठुला–ठुला कन्टेनरहरु सामान लिएर आउने भन्दै उनले सामान लिएर आउने ती कन्टेनरहरुलाई रित्तै पठाउन नहुने बताए । ‘एक ब्यक्तिले उत्पादन गरेर मात्र हुदैन समुह सहकारी मार्फत सामुयिक उत्पादनमा लाग्नुस आम्दानी समेत राम्रो हुन्छ । ’ उनले भने ।

सेनाद्धारा चार महिनामा ८ किमि सडक निर्माण, १० मिटर चौडा

नेपाली सेनाले रिडी–रुद्रवेणी खण्डलाई चार महिनामा १० मिटर चौडा पारेको छ । गुल्मीको प्रवेशद्धार रिडीदेखी आठ किलोमिटर रुद्रावेणीसम्म उसले बाटो चौडा पारेको हो । सेनाले कुल १० करोड बजेटमा निर्माण कार्य सम्पन्न गरेको हो । सडक निर्माण कार्य गर्दा गच चार महिनादेखी सडकमा यात्रु तथा सवारी साधन आवज–जावत गर्न सकेका थिएनन । तर शुभारम्भ कार्यक्रमपछि भने सो सडक खुलेको छ । सडकको गत बैशाख २० गते स्वयम् परराष्ट्रमन्त्री ज्ञवालीले नै शिलन्यास गरेका थिए ।

१० किमि सडकको निर्माण कार्य पनि सेनालाई नै जिम्मा

यस्तै सोमवार नै रुद्रवेणीदेखि थप १० किलोमटिर सडक चौडाई गर्नका लागि नेपाली सेनालाई नै जिम्मा दिइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले रुद्रवेणीमा सडकको चौडाई पार्ने कामको शिलान्यास गरेका छन । शिलान्यास गदै मन्त्री ज्ञवालीले नेपाली सेनाले तोकिएकै समयभित्र उक्त सडकखण्ड पनि सम्पन्न गर्नेमा आफु आशावादी रहेको बताए ।

बजेट अभाव हुन सक्छ : आयोजना प्रमुख

कार्यक्रममा कालिगण्डगी करिडोर निर्माण कार्यदलका प्रमुख इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईले हालसम्म गरेका कार्यप्रगतीको बारेमा जानकारी गराएका थिए । उनले सडक निर्माण गर्दा अनुमान गरेभन्दा धेरै र कडा चट्टानहरु रहेकोले रकमको अभाव हुन सक्ने बताएका थिए । ‘निकै कडा र ठूला चट्टानहरु छन्, जसको लागत पनि धेरै लाग्न सक्छ ।’ उनले भने, ‘तर हामिसँग सिमित बजेट छ, यसले नपुग्न सक्छ ।’ त्यसका साथै उनले आवश्यक रकमका लागि पहल गरिदिन समेत आग्रह गरे ।

बजेट अभाव हुन्न : विशेषाधिकार समिति सभापति

सुभारम्भ कार्यक्रममा वोल्दै ५ नम्बर प्रदेशका मन्त्री लिला गिरी, प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री दिनानाथ शर्मा, अर्का सदस्य सुर्य पाठक, ५ नम्बर प्रदेश विशेषधिकार समिती सभापति कमलराज श्रेष्ठले नेपाली सेनाले छोटो समयमै गरेको उक्त कामको प्रशंसा गरेका थिए । उनीहरुले कालीगण्डकी करिडोर देशकै भाग्य र भविष्यसगँ जोडिएको गौरवको आयोजना भएको समेत बताए । उनीहरुले यस सडकले गरिवी वेरोजगार हटाउन समेत सहयोग पु¥याउने बताए ।

त्यस्तै यस सडक निमार्ण सम्पन्न गर्नका लागि रकमको कुनै अभाव नदिने ५ नम्बर प्रदेश विशेषधिकार समिती सभापति कमलराज प्रतिबद्धता ब्यक्त गरे । ‘नेपालीहरुको आर्थिक विकाससगै चीन र भारत जोड्ने यो महत्वपूर्ण सडक हो ।’ उनले भने, ‘ढुक्कसँग काम गर्नुहोस, बजेटको कुनै अभाव हुन्न ।’


प्रकाशित मिति : २५ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend