logo
  • सोमबार, असोज १२ २०८३

सनलाइट इङलिस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय साक्षरता र राष्ट्रिय शिक्षा दिवस मनायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

चोम बिष्ट,रोल्पा भदौ २५ ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ३ रुइनिबाङमा रहेको रोल्पा सनलाइट इङलिस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय साक्षरता र  राष्ट्रिय शिक्षा दिवसको भव्यका साथ मनाएको छ ।
बिधालयका प्राध्यापक नारायण बिष्टको सभापतित्वमा रहेको उक्त कार्यक्रममा समाजबाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार,दक्ष जन शक्ति बिकास एवं दिगो शैक्षिक पुर्वाधार भन्ने मुल नाराका साथमा  र उन्चालीस औं  शिक्षा दिवस  भब्य रूपमा सफल पारौं रिर्याली सहित बिद्यार्थीहरुको बाक्लो उपस्थितिमा बिधालय देखी रुइनिबाङ बजार सुनिल स्मृति गाउँपालिका सुलिचौर बजार परिक्रमा गर्दै बिधालयको  प्राङ्गणमा उपस्थित भई  हाजिर जवाफ प्रतियोगिता सुभारम्भ  गरिएको थियो।
जसमा चार समुह मा बिभाजन गरिएको मध्यमबाट रातो समुह प्रथम,हरियो समुह द्वितीय,निलो समुह तृतीय र पहेंलो समुह बाहिरीएको थियो। साथै बिजेता समुहलाई कार्यक्रमका  अध्यक्षबाट पुरस्कार समेत हस्तान्तरण गरिएको थियो भने उक्त कार्यक्रमको संचालन  घनश्याम महराले गरेका थिए ।


प्रकाशित मिति : २५ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend