साझा नेटवर्क
साझा नेटवर्क, बुटवल भदौ २५ ।
पहिलो पल्ट राजधानी बाहिर स्टयाण्ड(अप कमेडी शो हुन भएको छ । सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध रहेको यूटयूब च्यानल नेप(ग्याजमले आगामी भदौ ३० गते शनिबारको दिन चितवन भाटभटेनी कमप्लेक्स, भरतपूरको हाईट स्थित फूड कोर्टमा लाइभ स्टयाण्ड–अप कमेडी शो को आयोजना गरिएको नेपाल डायरीज ले जनाएको छ ।
बिगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउदै आएको नेप(ग्याजम ले राजधानिको विभिन्न रेस्ट्रोरेन्टहरुमा लाइभ शो गर्नुको साथै राजधानिको रगंमञ्चमै पहिलो पल्ट कमेडी शो गरेर सफलता हासिल गरको थियो । भने अब राजधानी बाहिरका दर्शकहरुलाई पनि भरपूर मनोरञ्जन गराउने सोच रहेको बताएका छन् ।
उपत्यकामा सिजन १, २ र ३ को अपार सफलता पछिको यो चौथो सिजनमा छ जना हाँस्य कलाकारहरु बिक्रम घिमिरे, लेखमणी त्रिताल, डोरेश खतिवडा, योजना थापा मगर, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले उक्त कार्यक्रममा आ-आफ्ना दमादार प्रस्तुतीहरु दिने छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend