साझा नेटवर्क
कमल पौडेल, गुल्मी भदौ २४ ।
नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिका गुल्मीको प्रथम अधिवशेन वामीटक्सारमा सम्पन्न भएको छ। अधिवेशनले राम वहादुर थापाको नेतृत्वमा १८ सदस्यिय समितिको गठन गरेको छ।
समितिको उपाध्यक्षमा कालिदास खरेल, सहअध्यक्ष सुरेन्द्र नेपाली, महासचिवमा सरोजराज बौद्धाचार्य, सहसचिव टिका वहादुर घर्ति, लगाएत रहनुभएको छ। कार्यक्रमको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले समाज विकासको आधारभूत पक्ष शैक्षिक क्षेत्र रहेको र यसको विकासको लागि शिक्षकहरु इमान्दार हुनुपर्ने वताउनुभएको छ। प्रमुख सापकोटाले शिक्षकहरु प्रति नै समाजवाट गुनासो आउने गरेको भन्दै प्रतिस्पर्धात्मक सर्वसुलभ शिक्षाको लागि प्रधानध्यापकहरु थप जिम्मेवार वन्न आग्रह गर्नुभएको छ।
कार्यक्रममा मुसिकोट नगरपालिका शिक्षा प्रमुख अम्मर वहादुर केसि, नेपाल शिक्षक महासंघका सहसचिव रामकृष्ण कँडेल, शिक्षक संघ गुल्मीका उपाध्यक्ष मृगेन्द्र रिजाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य विक्रम कार्कि, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका मुसिकोट नगरकमिटि अध्यक्ष विष्णु काफ्ले को अध्यक्षता, अखिल नेपाल शिक्षक संघका चिरञ्जीवि शाक्यको स्वागत मन्तव्य तथा नेपाल शिक्षक संघ का मोहन घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा लिएका तस्बिरहरु


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend