logo
  • शनिबार, असोज १० २०८३

मुलुकमा भइरहेको कर बृद्धिको प्रमुख कारण संघियता हाे महामन्त्री सिंह


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जितेन्द्र खत्री , अर्घाखाँची भदौ २४ ।
मसालका माहामन्त्री मोहन बिक्रम सिंहले मुलुकमा भइरहेको कर बृद्धिको प्रमुख कारण संघियता भएको बताउनुभएको छ ।संघिय ब्यबस्था घोषणा गरेको सरकारले प्रदेश र स्थानिय तहको बजेट कटौती गरेकै कारण कर बृद्धि भएको उहांको भनाइ रहेको छ ।

अगुवा कार्यकर्ता भेटघाटको शिलशिलामा अर्घाखाँची आउनुभएका माहामन्त्री सिंहले सन्धिखर्कमा प्रशिक्षण दिंदै यस्तो बताउनुभएको हो ।स्थानिय तहले कर बृद्धि गर्नु,प्रदेश सरकारले बजेटको अभावमा कुनैपनि काम योजना अगाडि बढाउन नसक्नु नै जर्बजस्त लादिएको संघियता असफल भएको उहांको भनाइ छ ।

देशभित्रका दक्षिणपन्थी,मधेसवादी तथा राजावादीहरुले संविधान असफल पार्ने खेल खेलिरहेको दाबी गर्दै महामन्त्री सिंहले यसबाट बच्नको निम्ती संविधानमा उल्लेखित संघियता खारेज गरि अगाडि बढ्नुको बिकल्प नभएको उहांको भनाइ रहेको छ ।


प्रकाशित मिति : २४ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend