logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीका पत्रकार अमेरिकामा सम्मानित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अमेरिका, भदौ २२ ।
गुल्मेली पत्रकार सूर्य थापा अमेरिकामा सम्मानित भएका छन् । गुल्मी जिल्ला सिर्सेनि घर भई हाल अमेरिकामा रहेर पत्रकारितामा सकृय रहेका पत्रकार थापालाई शिकागोमा भएको नेपाली नेशनल कन्भेन्सनमा सम्मान गरिएको हो । थापालाई कार्यक्रमका प्रमुख अतिथी पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले थापालाई सम्मान गरेका थिए । काठमाण्डौबाट पत्रकारिता थालेका थापा हाल बिगत ८ बर्षदेखी अमेरिकामा छन् । अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थापा न्यूयोर्कबाट सञ्चालन हुने ह्वाईट हिमाल टेलिभिजनका प्रबन्ध निर्देशक थिए ।

हाल यु स्टार्ट अगेन कार्यक्रमका निर्माता तथा प्रस्तोता समेत हुन् । थापाले अमेरिकामा रहेका नेपालीहरुका सरोकार राख्ने बिभिन्न बिषयमा कार्यक्रमहरु निर्माण गर्दै आएका छन् । थापाले आफुलाई यस प्रकार सम्मानले थप हौसला प्रदान गरेको भन्दै सबैलाई धन्यबाद दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend