logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली जनसम्पर्क समिति कतारको सनैया ईकाईको अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
नेपाली कांग्रेसको भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारको सनैया ईकाई कमिटिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बोम बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।सभापति बोम बहादुर बस्ने, उपसभापति जितेन्द्र बेल्वासे उपसभापति इन्द्र बहदुर ओलि, सचिव रामु बेल्वासे, सह- सचीव तोरन क्षेत्री, कोषाध्यक्ष प्रकाश चन्द्र दाहाल, सह कोषाध्यक्ष मनोज कुमार मन्डल, सदस्यहरुमा धन बहादुर बुढाऐर, माधव भट्ट, खड्ग बहादुर बढाऐर, इन्द्र बहादुर थापा रहेका छन ।

कमिटिका अधिवेशन तयारि समिति संयोजक सनैया इकाइका अध्यक्ष राजेन्द्र पान्डेको सभापतित्वमा र बालाराम पान्डेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि जनसम्पर्क समिति कतारका कावा सभापति शंकर न्यौपाने विशिष्ट अतिथिहरुमा जनसम्पर्क कतारका बिधान मस्यौदा सम्योजक तथा महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, का वा इकाईहरुको अधिवेशन संयोजक तथा जनसम्पर्क समितिका का वा महामन्त्री केदार भुसाल सल्लाहकार मो शाकिर अलि, अतिथि ठाकुर कुमार परियार, राम कुमार मन्डल, याकुब राइन, कमल अर्याल, भुबन साउथ,केन्द्रीय सदस्यहरु लगायत रहेका थिए ।

सनैया को ग्रेन्डमहल नजिक एक होटेलमा सम्पन्न उक्त अधिवेशन पछी बनेको नया कार्यसमितिले सल्लाहकारहरु पनि चयन गरेको छ । निवर्तमान सभापति राजेन्द्र पान्डे सल्लाहकार संयोजक र बलराम पान्डे, भुवन साउथ, बिष्णु कुवर रमेस सप्कोटा सल्लाहकार सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend