logo
  • शुक्रबार, असोज ९ २०८३

मिसेस नेपाल इन्टरनेसनल २०१८ मा ३७ जना महिलाबिच प्रतिष्पर्धा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, भदौ २१ ।
रिवन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल २०१८ मा ३७ जना महिलाबिच प्रतिस्र्धा हुने भएको छ । रिवन इन्टरटेनमेन्टका पेजेन्ट डाईरेक्टर निशुकान्त झाका अनुसार चौथो संस्करणको यो प्रतियोगितामा मानव बेचविखन विरुद्धको अभियानसमेत सञ्चालन गरिनेछ भने यस वर्षको बिजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

विजेताले पुरस्कारस्वरुप स्कुटर पनि पाउने छिन्। प्रतियोगितहरुले नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण लिईरहेका छन्।

आगामी असोज ८ गते कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा विभिन्न पेशा तथा गृहिणी जीवन बिताईरहेका नर्मदा सोराली, रबिना परियार, सरस्वती थापा, शान्ति बडे, बिना मगर जोशी, शर्मिला श्रेष्ठ, नम्रता गिरी, अर्चना रिमाल, रश्मी थापा, प्रमिक्षा पोखरेल, मनिषा पाण्डे, रिज्जी सेडाई, प्रियंका खनिया, बिष्णु राना, अनिला मर्हजन, तेजमाया लिम्बु, चन्दा थापा गिरी, अनिता विश्कर्मा, श्रृष्टी महर्जन, दीपा थपलिया, सविता देउला, सुक्ति खनाल, लक्ष्मि लिम्बु, प्रतिमा शर्मा, स्मृती श्रेष्ठ, मनिसा राज थला, जुनु शर्मा, रुपा सिवाकोटी, केशरी ढकाल, बिमला नुगो लिम्बु, दिपिका बर्मा, अनिता बिमली, श्रीलक्ष्मी श्रेष्ठ थापा, मिलन शाह, राधा रिमाल र सपना प्रधानाङले स्पर्धा गर्नेछन्।

यस अघिका प्रतियोगितामा सबिता लामिछाने, अनुपमा राई र सुरुची पाण्डे मिसेस नेपाल इन्टरनेसनल भएका थिए। प्रतियोगिता रेनु सेन्चुरी र सम्राट शाहको संयोजनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend