logo
  • शनिबार, साउन ३० २०८३

“तिज विशेष कार्यक्रम”का लागि कलाकारहरु कतार आइपुगे


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

dav

कुमार अविरल पन्थी, कतार
दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको “तिज विशेष कार्यक्रम”का लागि नेपाल देखि अतिथि कलाकाहरु कतार आइपुगेका छन् ।

कार्यक्रममा गायिका द्वय अ्मृता लामिछाने र कामना ओलिले फरक/फरक किसिमका तीजका भाकाहरु पस्किएर उपस्थित सम्पूर्णलाई मनोरन्जन प्रदान गर्दै छन भने कतारमा रहेका दङ्गाली तथा गैर दङ्गाली कलाकारहरुले आ-आफ्ना प्रस्तुति पस्किनेछन ।

जिल्लामा रहेका जेहेन्दार तथा पिछडिएका विद्यार्थीहरुका लागि छात्रवृति कोष स्थापनार्थ आयोजना गरिएको उक्त कार्यक्रम ७ सेप्टेम्वर २०१८ शुक्रबारका दिन कतारको सनैया स्थित डल्ला ड्राभिङ्ग एकेडमीको सभाहलमा स्थानीय समय अनुसार बिहान ११ बजेबाट सुरु हुदै छ ।



प्रकाशित मिति : २० भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend