साझा नेटवर्क
बिमल खड्का, काठमाडौ भदौ २०।
गृहमन्त्री राम बहादुर थापा वादलले बागलुङ ढाेरपाटन नगरपालिका- १ वर्ष २२ वर्षीय संगिन जीसीकाे बीभत्स हत्याप्रति सरकार गम्भीर भएकाे बताएका छन् । हत्याराकाे सुस्म अध्ययन भईरहेकाे बताउँदै हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सरकार नागरिककाे सुरक्षाका लागि खटेकाे भन्दै यस्तो घटनाहुनु अकल्पनीय भएकाे बताएका छन्। घटनाको सत्य तथ्यका बाहिर ल्याउन लागि अाफुले सुरक्षाकाे सबै सयन्त्रलाई निर्देशन दिएकाे बताउँदै हत्याराकाे पत्ता लाग्नेमा विश्वस्त हुन परिवारलाई अाग्रह गरेका हुन्।
बुधबार बागलुङका सांसद देवेन्द्र पाैडेल ,डा सुर्य पाठक , ज्ञानकुमारी छन्त्याल, मनकुमारी केसी , मृतका बाबू निमबहादुर जीसी लगाएकाे टाेलीसँगकाे भेटमा गृहमन्त्री बादलले देशकाे शान्ति शुव्यवस्था कायम गर्ने जिम्मेवार गृहमन्त्रालयकाे भएकाे बताउँदै नागरिककाे शुरक्षाका लागि सधै सरकार कटिबद्ध भएकाे बताएका छन् ।
भेटमा बादलले यस्ताे घटना निन्दनीय भएकाे भन्दै हत्यारालाई हदैसम्मको कारबाही हुने गरि उच्चस्तरीय छानबिन समिति समेत गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२२ वर्षीय जीसी बिगत ६ वर्ष देखि अध्ययनका लागि काठमाडौकाे काेटेश्वरमा बस्दै अाएपनि बिगत ३ महिना अघि सानाेभर्याङ हजुरबुबा हजुरअामा र भाइ सँग बस्दै अाएका थिए । जीसी रक्षाबन्धनकाे दिन देखि बेपत्ता भएका थिए ।
उनकाे शव भदौ १७ गते स्वयम्भूकाे जंगलमा शरीर टुक्रा- टुक्रा पारिएको अवस्थामा भेटिएको थियाे । अहिले शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । परिवारले हत्याराकाे पत्ता नलागेसम्म शव नबुझने अडान राख्दै अाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend