logo
  • आइतबार, असोज ११ २०८३

बाल क्लवका प्रतिनिधिसँग अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रक्षा पाण्डे ,अर्घाखाँची भदौ २० ।
विकलाङ्गमित्र समुह अपाङ्गबाल अस्पताल तथा पुनस्थापन केन्द्र सक्ष्म परियोजना अर्घाखाँचीको आयोजनामा सि.बि.एमको आर्थिक सहयोगमा पाणिनी गाउँपालिका कार्यालयको समन्वयमा पाणिनी गाउँपालिकाका १० वटा माध्यामिक विद्यालयका बालक्लबका प्रमुख तथा प्रतिनिधित्वको उपस्थितित्वामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको सामाजिक अवस्था,अपाङ्गताले पु¥याउने असर , अपाङ्गता व्यवस्थापनमा बालक्लवले खेल्नु पर्ने भुमिका र बालक्लबमा अपाङ्गताभएका बालबालिकाको सहभागीताको विषयमा अभिमुखीकरण लेखनाथ आचार्यले प्रस्तुतीकरण गरि प्रस्ट पारेका थियो ।मन्तव्य क्रममा कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद पौडेलले अत्यन्तै महत्वपुर्ण समय सापेक्ष नयाँ कार्यक्रम ल्याई विद्यार्थीहरुमा नौलो शिक्षा सुभारम्भ गरिएकोमा संस्थाको खुलेर प्रशंशा गरे , सस्थाका अध्यक्ष लेखनाथ आचार्य को अध्यक्षतामा , शिक्षा शाखा प्रमुख कृष्ण पोख्रेलको विशेष आतिथ्यता सहित २९ जनाको सहभागीता रहेको थियो ,भने  सक्षम परियोजनाका कर्मचारी रक्षा पाण्डेको संचालन र सुजिता थिङको स्वागत मन्तव्य रहेको थियो ।


प्रकाशित मिति : २० भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend