logo
  • आइतबार, असोज ११ २०८३

शव पहिचानको नजिक पुग्यो प्रहरी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जितेन्द्र खत्री ,अर्घाखाँची भदौ २० ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क १२ बस्यालटोला चिल्याथुममा बोरामा फेला परेको सबको पहिचानको नजिक पुगिएको नयाँ अपडेट प्राप्त छ ।

विभिन्न सामाजिक संजालमा मृतकका बारेमा समाचार पोस्ट भएपछी हिजो देखि नै मृतकको सनाखतमा जुटेको प्रहरी कार्यालयलाई लास कपिलवस्तु बाँणगंगा नगरपालिका ४ धैरेनिडाँडाका ३६ बर्षका धन बहादुर घर्तिमगरको हुन सक्ने अनुमान गरेको छ ।

आफ्नो श्रीमान हराएको एकहप्ता भएको र आफ्नो श्रीमानको हुलिया संग मेलखाने भएकोले निजको श्रीमती र परिबारका सदस्यहरु कपिलवस्तुबाट अर्घाखाँची आउने तैयारी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक खिम बहादुर घ.म.ले जानाकारी दिएका छन् ।


प्रकाशित मिति : २० भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend