साझा नेटवर्क
शंकर भुसाल , गुल्मी भदौ २० ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध को १२ औं राष्ट्रिय दिवस , छलफल तथा अन्तरक्रिया कार्यक्रम आज गुल्मीमा सम्पन्न गरिएको छ ।
एक जटिल समस्याको रूपमा देखापर्दै आएको यस समस्यामा विभिन्न बहानाहरु बनाएर मानव बेचबिखन तथा ओसारपसार हुँदै आईराखेकोमा यस बाट धेरै मानिस पिडित पनि बनेका छन । यद्यपि धेरैजसो महिला तथा बालबालिका पीडित छन् । यो बहुक्षेत्रगत समस्या भएकाले कुनै एक निकायको एक्लो प्रयासबाट मात्र यसको नियन्त्रण असम्भव रहेकोले यसमा सबै सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, निजी क्षेत्र र नगरिकसमेतको ऐक्यबद्धता र प्रयास आवश्यक रहेको गुल्मी का प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल ले मानव बेच बिखन तथा ओसार पसार जटिल समस्याका रुपमा देखीएको बताउनु भयो । कार्यक्रममा मानब बेचबिखन सँग आत्महत्या का समस्या हरु पनि जोडिने बताउँदै उहाँले कयौँ होटल हरुमा महिला हरुलाई बाध्यात्मक तरिकाले यौन व्यवसाय मा सँलग्न गराईदै आईएको र यसमा सम्पुर्ण निकायले आ आफ्नो ठाउँबाट साथ दिए प्रहरी र प्रशासन कार्यलय ले यो समस्यालाई निर्मुल पार्ने बताएका छन ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend